fbpx
Rashifal Ad

गृहपृष्ठ थाई न्यायाधीशद्वारा अदालतभित्रै आत्महत्या प्रयास

थाई न्यायाधीशद्वारा अदालतभित्रै आत्महत्या प्रयास

कनिकन फिएन्चना

थाइल्याण्डमा एक न्यायाधीशले अदालतभित्र आत्महत्या प्रयास गरेका छन् । यला प्रान्तीय अदालतका न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् । यला क्षेत्र विद्रोहबाट प्रभावित दक्षिण थाइल्याण्डमा पर्छ ।

अदालतमा उपस्थित प्रत्यक्षदर्शीहरुकाअनुसार उनले दिवंगत थाई राजाको तस्वीरअघि न्यायिक सशत बाचन गरेका थिए । लगतै आफैंलाई गोली हानेका हुन् । उनको एउटा अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि उनले लेखेको एउटा विज्ञप्ति भेटिएको छ, जसमा आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा भएको बाहृय हस्तक्षेप हुनसक्ने संकेत गरिएको छ ।

प्रकाशित समय ११:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु