fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ इजराइलमा संसारकै पुरानो मदिरा भट्टी फेला

इजराइलमा संसारकै पुरानो मदिरा भट्टी फेला

इजराइलको हैफा नजिक गुफामा प्राक् ऐतिहासिक समयको संसारकै पुरानो रक्सी भट्टी फेल परेको शोधकर्ताहरूले दाबी गरेका छन् । त्यहाँ १३ हजार वर्ष पुरानो बियरको अंश फेला परेको छ ।

चिहानको अध्ययनका क्रममा यो रहस्य उद्घाटन भएको हो । यो चिहान घुमन्ते सिकारीको रहेको अनुमान गरिएको छ ।

बियर बनाउने प्रक्रिया ५ हजार वर्ष पुरानो रहेको मान्यतामा यसले परिवर्तन ल्याउन सक्ने अनुमान गर्न थालिएको छ । सुरूमा बियरको उपयोग रोटी बनाउन प्रयोग गरिएको यसअघिको दाबीलाई पनि यस अध्ययनले बदल्ने अनुमान गरिएको छ । अध्ययनकर्ताले कुनै पनि वस्तुको वास्तविक आविस्कारक पत्ता लगाउन सहज नभएको बताएका छन् । अक्टोबर १९१८ को जर्नल अफ आरक्योलोजिकल साइन्सको रिपोर्टका अनुसार त्यतिबेला मृत व्यक्तिको अनुष्ठान समारोहमा सम्मान स्वरूप दिन बियर बनाइन्थ्यो ।

यस अध्ययन टोलीको नेतृत्वकर्ता स्ट्यानफोर्ड विश्वविद्यालयकी प्रा. ली लियुले भनेकी छन्, ‘यो संसारकै मानव निर्मित मदिराको प्राचीनतम अभिलेख हो ।’

लियुका अनुसार उनीहरू त्यस समयका मानिसले के खान्थे र त्यति बेला कस्ता र कस्ता वनस्पति थिए भनेर खोजी गर्दै छन् । बिबिसीका अनुसार यस अध्ययनका क्रममा उनीहरूले गहुँ र जौबाट मदिरा बनाइएको पत्ता लगाएका छन् ।

गुफामा बनाइएका २४ इन्च गहिरा गोलाकार ढुंगाका भाँडामा मदिराको अवशेष भेटिएको उनीहरूले बताएका छन् । त्यस समयमा यस्ता भाँडा सामान राख्न र विभिन्न वनस्पति पकाउन प्रयोग गरिन्थ्यो । त्यस समयमा मदिरा हिजोआजको जस्तो नभई दाल वा खिचडी जस्तो हुने अध्ययनको निश्कर्ष छ ।

त्यहाँ प्राप्त बियरको स्वरूपमा बियर उत्पादन गर्ने प्रयासमा पनि अध्ययनकर्ताहरू जुटेका थिए । उनीहरूले विभिन्न खाद्यान्न मिलाएर बनाएको बियर भने आधुनिक बियरका तुलनामा लगभग निरस थियो ।

प्रकाशित समय १५:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु