fbpx
Nepal Mediciti

गृहपृष्ठ बेलायतमा विदेशी विद्यार्थीलाई अध्ययनपछि वर्षौं कामको अवसर

बेलायतमा विदेशी विद्यार्थीलाई अध्ययनपछि वर्षौं कामको अवसर

बेलायतमा पढ्ने विदेशी विद्यार्थीले अध्ययनपछि वर्षौं बसेर काम गर्न पाउने भएका छन् । बेलायतको गृह मन्त्रालयले नयाँ नियम जारी गरेपछि यो सम्भव भएको हो ।

यो नयाँ व्यवस्थाले सन् २०१२ मा तत्कालीन गृहमन्त्री टेरिजा मेले गरेको विदेशी विद्यार्थीले पढाइ पूरा गरेको चार महिनापछि बेलायत छाड्नुपर्ने नियम परिवर्तन हुनेछ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले परिवर्तित यस कानुनले विदेशी विद्यार्थीले यहाँ प्राप्त गरेको दक्षता र क्षमता यहीँ प्रस्फुटन गर्ने अवसर पाउने बताए ।

क्याम्पेन ग्रुप ‘माइग्रेसन वाच’ ले भने यसलाई एक ‘पश्चगामी’ कदम भन्दै आलोचना गरेको छ । स्नातक वा त्यसमाथिको शिक्षा लिने विदेशी विद्यार्थीमा नयाँ कानुन लागू हुनेछ । ट्रयाक रेकर्ड राख्ने संस्थाहरूमा अध्ययनरत विद्यार्थीलाई पनि नयाँ नियमको फाइदा मिल्नेछ ।

नयाँ प्रस्तावमा विद्यार्थीको संख्या र कस्तो काम खोज्छन् भन्ने कुनै बन्देज छैन । बीबीसीसँग गृह मामिलाका सम्पादक मार्क इस्टनले भने, ‘कसैलाई वर्तमान सरकारको आप्रवासन नीतिको नयाँ मनोवृत्तिको प्रमाण चाहनेले आजको घोषणामा ध्यान दिनु आवश्यक छ ।’

विदेशी विद्यार्थीले नयाँ प्रस्तावलाई भविष्यका लागि उपयुक्त कदम भनेका छन् । यसअघि अध्ययन सकेका विद्यार्थीका लागि भने यो कदम ढिला भएको अनुभव भएको छ ।

बीबीसी रियलिटी चेक टिमका अनुसार बेलायतमा अहिले पनि साढे चार लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय १५:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु