fbpx
Nepal Mediciti

गृहपृष्ठ बंगालको खाडीमा भारत र श्रीलंकाको संयुक्त युद्धाभ्यास

बंगालको खाडीमा भारत र श्रीलंकाको संयुक्त युद्धाभ्यास

भारत र श्रीलंकाका नौसेनाले बंगालको खाडीमा संयुक्त युद्धाभ्यास सुरू गरेका छन् । यो अभ्यास छ दिन चल्ने बताइएको छ । आन्ध्रप्रदेशको विजाग बन्दरगाहबाट युद्ध अभ्यास हुँदै छ । छ दिनसम्म चल्ने यस अभ्यासमा नौसेनाका जंगी जहाजहरूको उपयोग गरेको जनाइएको छ ।

दुवै देशका नौसेनाले चार जहाजमा युद्धाभ्यास थालेको जनाइएको छ । यस अभ्यासमा समुद्र चरणमा समन्वित समुद्री सञ्चालन सुरू गरिने बताइएको छ । यसअघि विजाग बन्दरगाहमा दुवै देशका नौसेनाले आपसी व्यावसायिक संवाद गरेका थिए । बन्दरगाह चरणअन्तर्गत गरिने प्रशिक्षण गतिविधिहरू, सांस्कृतिक कार्यक्रहरू र खेल प्रतियोगिताहरू पनि समावेश गरिएको भारतीय अनलाइन वेबदुनियाले जनाएको छ ।

युद्धाभ्यासमा भारतीय नौसेना मिसाइल जंगी जहाज आइएनएस खुख्री र समुद्री अफशोर पेट्रोल जहाज आइएनएस सुमेध पनि उपयोग गरिएको छ । यो छदिने संयुक्त युद्धाभ्यासको प्रारम्भ सेप्टेम्बर ७ मा विजाग बन्दरगाहमा भएको थियो । भारतले यसमा अतिरिक्त इन्टिग्रल हेलीकप्टर पनि समावेश गरेको छ ।

प्रकाशित समय ११:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु