fbpx
Nepal Mediciti

गृहपृष्ठ इराकमा हुलदंगा हुँदा ३१ को मृत्यु, १०० घाइते

इराकमा हुलदंगा हुँदा ३१ को मृत्यु, १०० घाइते

इराकमा भएको एउटा भागदौडको घटनामा ३१ जनाको मृत्यु भएको छ ।

शिया मुस्लीम धर्मावलम्बीहरूको धार्मिक कार्यक्रममा भएको भागदौडका क्रममा सय जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ । धार्मिक कार्यक्रम भइरहेका बेला मध्याह्नको समयमा भागदौड भएको थियो । इमाम हुसेनको समाधिस्थलमा प्रवेश गर्ने बेलामा हजारौँ धर्मावलम्बी एकैपटक छिर्न खोज्दा समस्या भएको बताइएको छ । शिया मुश्लीम धर्मावलम्बीहरूले हरेक वर्ष हुसेनको वार्षिकी मनाउने गर्दछन् ।

घाइतेमध्ये केहीको छातीमा र केहीको टाउकोमा चोट लागेको बताइएको छ ।

प्रकाशित समय ०९:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु