fbpx
Nepal Mediciti

गृहपृष्ठ अमेरिकासँग फेरि वार्ता गर्न उत्तर कोरिया तयार

अमेरिकासँग फेरि वार्ता गर्न उत्तर कोरिया तयार

trump_kim3-newskarobar फाइल तस्बिर

उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न तयार रहेको जनाएको छ । अमेरिकासँगको पुनः परमाणु निशस्त्रीकरणसम्बन्धी बृहत् वार्ताका लागि तयार रहेको उत्तर कोरियाकी विदेशमन्त्री चोइ सन हुइले बताएकी हुन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले वार्ता पुनः हुनसक्ने आश व्यक्ति गरेसँगै उत्तर कोरियाली विदेशमन्त्रीबाट आधिकारिक वक्तव्य आएको हो । तर, विदेशमन्त्री चोइको वक्तव्य आएको केही घण्टापछि नै उत्तर कोरियाले छोटो दूरी मार हान्न सक्ने दुईवटा प्रोजेक्टाइल प्रक्षेपण गरेको बताइएको छ ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबिच पहिलोपटक वार्ता भएको थियो । सो वार्तामा परमाणु निशस्त्रीकरण प्रक्रिया थाल्ने सहमति भएको थियो । फेब्रुअरीमा भएको दोस्रो वार्ता बिना सहमति टुंगिएपछि यी दुई देश पुनः वार्तामा बस्न सकेका छैनन् ।

(एजेन्सी)

प्रकाशित समय १०:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु