fbpx
Rashifal Ad

गृहपृष्ठ अमेरिकी दुई सांसदलाई इजराइल प्रवेशमा प्रतिबन्ध

अमेरिकी दुई सांसदलाई इजराइल प्रवेशमा प्रतिबन्ध

rashida-tlaib-ilhan-omar-newskarobar

इजराइलले अमेरिकी दुई मुसलमान महिला सांसदलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगायो । उनीहरू दुवै प्रमुख रूपमा इजराइल सरकारका आलोचक हुन् । इल्हान उमर र रसिदा तलैब गत साता इजराइलको वेस्ट बैंक र पूर्वी जेरूसेलम जाने तयारीमा थिए । इजराइलले उनीहरूको प्रवेशमा रोक लगायो ।

बिबिसीका अनुसार इल्हान उमरले इजराइलको यस कदमलाई लोकतान्त्रिक मूल्यहरूको अपमान र मित्र राष्ट्रका सरकारी अधिकारीहरूका लागि डरलाग्दो भएको प्रतिक्रिया दिएकी छिन् ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै यी महिला सांसदहरूलाई इजराइल प्रवेशमा प्रतिबन्ध लगाउन माग गरेका थिए । उनले लेखेका थिए, ‘उनीहरूलाई इजराइलमा प्रवेश गर्न दिनु ठुलो कमजोरी हुनेछ ।’

ट्रम्पले ट्विटरमा लेखे, ‘यदि इजराइलले आदरणीय उमर र आदरणीय तलैबलाई आफ्नो देशमा प्रवेश दिन्छ भने इजराइलकै ठुलो कमजोरी हुने छ ।’ यी दुवै सांसदले इजराइली मानिस र र यहुदीहरूप्रति निकै घृणा गर्छन्, उनीहरूको सोचाइमा परिवर्तन ल्याउन कुनै कार्य गर्नु आवश्यक छ । मिनिसोटा र मिसिगनबाट उनीहरूलाई पुनः प्रतिनिधि बनाउन पनि सजिलो छैन । यी दुवै कलंक भएका छन् ।’

इजराइलप्रति उनीहरूले फैलाएको घृणाभावका कारण उमर र तलैब दुवैको आलोचना गरिएको छ । उनीहरूले आफूहरूप्रति लगाइएको यहुदी विरोधी आरोपको खण्डन गरेका छन् ।

बिहीबार ट्रम्पले पत्रकारसँग इजराइलले उनीहरूलाई प्रवेशाज्ञा देला भनेर सोच्न पनि नसकिने बताएका थिए ।

इजराइली कानुनले इजराइलविरूद्ध लाग्ने कुनै पनि विदेशीलाई प्रवेश अनुमति दिँदैन । आर्थिक, सांस्कृतिक वा शैक्षणिक रूपमा इजराइलविरूद्ध अफवाह फैलाउने जोकोहीलाई त्यहाँ प्रवेश दिइँदैन ।

यस कानुनले प्यालेस्टाइन विभाजन स्वीकृतिका लागि बहिष्कारलाई दबाउने प्रयास गर्छ । प्यालेस्टान आन्दोलनप्रति युरोप र अमेरिकीको समर्थन बढ्दै छ ।

इजराइलका अधिकारीहरूले पहिले निर्वाचित अमरिकामा निर्वाचित पदाधिकारीका लागि यो कानुन अपवाद हुने बताएका थिए तर पछि उनीहरूले यसलाई फिर्ता लिए ।

अमेरिकी संचार माध्यमका अनुसार यी महिला सांसदहरूको यात्रा आइतबार सुरू हुने तय गरिएको थियो । यात्राको मुख्य गन्तव्य स्थल जेरूसेलमको संवेदनशील पहाडी मैदान थियो । यसलाई यहुदीहरू टेम्पल माउन्ट र मुसलमान हरम अल-सरिफका नामबाट पुकार्छन् ।

यो यात्रामा प्यालेस्टाइनका शान्ति कार्यकर्ताहरूसँग भेटघाट, जेरुसलम र वेस्ट बैंकको सहर बेथलेहम, रामल्ला र हेब्रोन घुम्ने उनीहरूको योजना थियो ।

उनीहरूके वेस्ट बैंक जाने योजना प्यालेस्टाइन शान्ति वार्ताकार हनान असरवीको अध्यक्षता रहेको संस्था मिफ्ताहले बनाएको थियो । रसिदा यस यात्राका क्रममा प्यालेटिनी गाउँमा बस्ने आफ्नी हजुरआमासँग भेट गर्न धेरै दिन बस्न चाहन्थिन् ।

ट्रम्पको इजराइली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुसँग राम्रो सम्बन्ध छ । यी दुई महिला र ट्रम्पबिच विवादहरूको इतिहासै छ । ट्रम्पले यिनीहरूलाई जातीय रूपमै दबाउने पर्यत्न गर्दै छन् । ट्रम्पले ती महिलालाई आफ्नै मुलुकमा फिर्ता हुन सुझाएका छन् ।

रसिदा प्यालेन्टाइन मूलबाट प्रथम अमेरिकी सांसद हुन् । उनी मिसिगनमा जन्मेकी हुन्, सोमालियामा जन्मेकी इल्हान मिनेसोटाकी हुन् ।

विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई यसरी निषेध गरिएको अत्यन्त कम देख्न पाइन्छ । हुन त पहिले पनि यस्तो देखिएकै हो । संयुक्त राष्ट्रका मानव अधिकारमा संयुक्त राष्ट्रका विशेष अधिकार भएका मकरिम विभिसनलाई पनि इजराइलले सन् २०१५ मा निषेध गरेको थियो ।

स्पेनको सोसलिस्ट पार्टीका फवाद अहमद असदीलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मान्दै गत महिना इजराइलमा प्रवेश दिइएको थिएन ।

प्रकाशित समय १४:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु