fbpx

गृहपृष्ठ उत्तर कोरियाले गर्‍यो २१ दिनमा छैटौं मिसाइल परीक्षण

उत्तर कोरियाले गर्‍यो २१ दिनमा छैटौं मिसाइल परीक्षण

kim-jong-un-close-up-newskarobar

उत्तर कोरियाले शुक्रबार बिहानै आफ्नो तटबाट जापानको समुद्रमा दुई प्रोजेक्टाइल मिसाइल परीक्षण गरेको छ । यो २१ सौं दिनमा उत्तर उत्तर कोरियाको छैटौं मिसाइल परीक्षण हो ।

भारतीय अनलाइन वेबदुनियाका अनुसार स्थानीय संचार माध्यमहरूले दक्षिण कोरियाका संयुक्त प्रमुखलाई उद्धृत गर्दै लेखेका छन्, ‘शुक्रबार बिहानै उत्तर कोरियाले कांगोवन प्रान्तको तोङचोन इलाकाबाट दुई अज्ञात प्रोजेक्टाइलहरूबाट जापानको सागरतर्फ मिसाइल परीक्षण गरेको छ ।’ यो परीक्षणबारे विस्तृत जानकारी प्रकाशमा ल्याइएको छैन ।

यस्ता मिसाइल परीक्षण कार्यबाट कोरियाली द्वीपमा एकपटक फेरि तनाव गहिरिने आशंका गरिएको छ । अमेरिका र उत्तर कोरियाको सम्बन्ध पनि यसबाट प्रभावित हुन सक्ने आशंका छ ।

परमाणु हतियार नष्ट गर्ने विषयमा उत्तर कोरिया र अमेरिकाबिच सुरू भएको छलफल कुनै नतिजामा नपुगेकामा किमजोङको चित्त बुझेको छैन । अमेरिकाद्वारा दक्षिण कोरियासँग युद्‍धाभ्यास सम्बन्धी समाचारले उनलाई बेचैन बनाएको पाइन्छ ।

प्रकाशित समय १२:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु