fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ जापानमा गर्मीका कारण २३ को मृत्यु, एक हप्तामा १३ हजार बिरामी

जापानमा गर्मीका कारण २३ को मृत्यु, एक हप्तामा १३ हजार बिरामी

जापानमा अत्याधिक गर्मीका कारण २३ जनाको मृत्यु भएको छ । अत्याधिक तापका कारण बिरामी भएका १२ हजार ७ सय ५१ जना उपचारका लागि अस्पताल पुगेको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले जनाएको हो ।

मृत्यु र बिरामीको संख्या अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले बताएका छन् । अस्पताल गएकामध्ये ४०० जनालाई भर्ना गरिएको छ । राजधानी टोकियो गर्मीले आक्रान्त बनेको छ । टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल पुगेको अधिकारीहरुले जनाएका छन् । सैतामाका ९ सय ७७ जना बिरामी भएका छन् ।

अस्पताल पुगेका बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी ६५ वर्षमाथिका छन् । जापानको मौसम विज्ञान विभागका अनुसार जापानमा बुधबार यो वर्षकै अत्याधिक गर्मी भएको छ । अधिकांश स्थानको तापक्रम ४०.३ सेल्सियस पुगेको बताइएको छ ।

प्रकाशित समय ०७:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु