fbpx
Nepal Mediciti

गृहपृष्ठ अमेरिकाद्वारा कस्मिर मामिलामा मध्यस्थता अस्वीकार

अमेरिकाद्वारा कस्मिर मामिलामा मध्यस्थता अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कस्मिरमा मध्यस्थताको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकाका लागि भारतीय राजदूत हर्ष वर्धन शृंगलाले सोमबार अमेरिकाको कस्मिरका सम्बन्धमा दशकौं पुरानो नीति छ, त्यहीअनुसार मध्यस्थता नगरी भारत र पाकिस्तानलाई द्विपक्षीय स्तरमा मामिला सुल्झाउन प्रोत्साहन गर्ने बताएका छन् ।

भारतीय अनलाइन अमरउजालाले फक्स न्युजलाई उद्धृत गर्दै लेखेको छ- श्रृंगलाले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा जम्मु-कस्मिरमा दुवै राष्ट्रले गर्ने प्रस्तावमा मध्यस्थताको कुरा हुने बताएका छन् ।’ भारतले यस्तो प्रस्ताव स्वीकार गरेको छैन । यसकारण यो प्रस्ताव विचाराधीन नरहेको स्पष्ट छ ।

‘संयुक्त राष्ट्र महासचिव एन्तोनियो गुतारेस पनि यस विषयमा स्पष्ट छन्,’ भारतीय राजदूतले भने, ‘उनले यो मुद्दालाई भारत र पाकिस्तानले सिमला सम्झौता र लाहौर घोषणापत्रअनुसार द्विपक्षीय आधारमा सुल्झाउन भनेका छन् ।’

‘यसकारण यो मुद्दा तेस्रो पक्षको मध्यस्थतामा सुल्झाउन सकिन्न,’ शृंगलाले थपे, ‘राष्ट्रपति ट्रम्पले यसलाई स्पष्ट पारेको मलाई थाहा छ ।’

२२ जुलाईमा ह्वाइटहाउसमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँग कस्मिरबारे मध्यस्थता गर्न भनेको भन्दै भारतलाई तिनछक पारेका थिए ।

यस्तो कुनै प्रस्ताव प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपतिलाई नगरेकको स्पष्ट गर्दै सबै मुद्दा पाकिस्तानसँग द्विपक्षीय रूपमा सुल्झाइने कुरा भारतले स्पष्ट पारेको छ ।

एक प्रश्नको उत्तर दिँदै भारतीय राजदूत शृंगलाले कस्मिरमा भारत सरकारले लगाएको प्रतिबन्ध अस्थायी र सावधानपूर्ण भएको बताए ।

भारतको घोषणापछि सीमाबाट हुन सक्ने घुसपैठ र आतंकवादी गतिविधि नियन्त्रण गर्न यस्तो गर्नुपरेके उनले स्पष्ट पारे । हिंसाका लागि उक्साउन नदिन भारतले यो सावधानी अपनाएको उनले बताए । कस्मिरमा लागेको प्रतिबन्ध हटाइँदै गएकाले इद मनाउन मानिसहरू हजारौंको संख्यामा घरबाट निस्किए । उनीहरू मस्जिदहरूमा पुगेर प्रार्थना गरे । पसलहरू खुलेका र कतिपय सहरहरूमा ट्राफिक जामको स्थिति छ । भारत सरकारले प्रतिबन्ध हटाउँदै गरेको राजदूतले स्पष्ट पारे ।

प्रकाशित समय १२:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु