fbpx
Nepal Mediciti

गृहपृष्ठ सैन्य आधुनिकीकरण गर्दै चीन

सैन्य आधुनिकीकरण गर्दै चीन

भारतको टाउको दुखाइ

China Army_NewsKarobar

यही अगस्त १ तारिखका आफ्नो ९२ औं स्थापना दिवस मनाएको चिनियाँ जनमुक्ति सेनालाई अझ बढी आधुनिक र सशक्त बनाउने चीनले तयारी गरेको छ । विश्वभरि नै चीनलाई बलियो सैन्यशक्ति भएका देशमध्ये मानिन्छ । हालका सैन्य संरचनामै पुनर्संरचना गरेर चीनले अझ बलियो उपस्थिति देखाउन लागेको हो ।

चीनले आफ्नो सैन्यशक्तिसहितका विवरण सार्वजनिक गरेपछि भारतीय रक्षा मामिलामा सरोकार राख्नेहरूले भने तनावयुक्त लेखहरू प्रकासित गर्न थालेका छन् । खासगरि भारतसँग सीमा जोडिएका क्षेत्रहरूमा चीनले परिचालित गर्न लागेका आधुनिक ट्यांकहरूप्रति तिनले चासो देखाएका छन् ।

चीनले हालै सार्वजनिक गरेको रक्षा मामिलासम्बन्धि श्वेतपत्रमार्फत चिनियाँ जनमुक्ति सेनालाई आधुनिकीकरण गर्न लागिएको संकेत दिएको हो । चीनले आफ्ना तीनै तहका सैन्य संरचना स्थल सेना, वायु सेना और नौसेनालाई बृहत अनुपातमा आधुनिकीकरण गर्न लागेको हो ।

चीनको स्थल सेना अर्थात पिपुल्स लिबरेसन आर्मीलाई पहिलो चरणमा आधुनिकीकरण गरिँदैछ । यो सैन्य संरचनासँग बख्तरबन्द (ट्यांक)हरूको संख्या निकै ठूलो छ । चिनियाँ सेनासँग अहिले टाइप-फिप्टी नाइन सिरिजका ट्यांकहरू मुख्य सैन्य हतियारका रुपमा छन्, जसलाई छिट्टै नै आधुनिक ट्यांकहरूबाट प्रतिस्थापित गरिँदैछ । यसपछि टाइप-सेभेन्टी नाइन, टाइप- एटीएट, टाइप- नाइन्टीसिक्स, टाइप-नाइन्टीनाइन लगायतका ट्यांकहरू छन् । यस्ता ट्यांकहरूका संख्या कति छ भन्ने खुलाईएको छैन ।

पहाडी क्षेत्रमा अब टाइप-फिप्टिन जस्ता हलुका ट्यांकहरू बढाइने रक्षा श्वेतपत्रमा उल्लेख छ । यस्ता ट्यांकका तैल करिब ३५ टन हुन्छ भने इन्जिन एक हजार हर्स पावरको । तिनमा १०५ मिलिमिटरका तोप लगाइएको हुन्छ । यस्ता ट्यांकहरू नेपाल, भारतसहित उच्च पर्वतीय क्षेत्रका सीमाहरूमा परिचालित हुने जनाइएको छ ।

थप टाइप- फिप्टिन ट्यांक विकसित  गरिनुका साथै चिनियाँ  नौसेनामा नयाँ जंगी जहाजहरू पनि सामेल गरिने उल्लेख छ ।

लुयाङ्ग क्लासका टाइप जीरोफिप्टीटू डी विध्वंसक जहाजका साथै पुरानो प्रकृतिका टाइप जीरोफिप्टीटू सी डिस्ट्रोयरलाई चिनियाँ नौसेनाको  प्रमुख जंगी जहाजमा सामेल गरिने जनाइएको छ । यसअघि नै चीनले  ही टाइप जीरोफिप्टीटू डी श्रेणीका के नौ जंगी जहाजहरूको परीक्षण गरिसकेएको छ, जसमा  हथियार पनि लगाइ सकिएको छ ।

चीनले जे-ट्वेन्टी फाइटर विमान पनि परिचालित गरिरहेको छ, यो चीनका सबैभन्दा आधुनिक विमान हो । यो अमेरिकी वायुसेनाको एफ-ट्वेन्टी टु र्‍याप्टर विमानहरुसँग जुझ्न निर्माण गरिएको हो ।

 

प्रकाशित समय १५:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु