fbpx
Nepal Mediciti

गृहपृष्ठ चीनमा लेकिमा आँधी आउँदा १३ को मृत्यु, १६ जना बेपत्ता

चीनमा लेकिमा आँधी आउँदा १३ को मृत्यु, १६ जना बेपत्ता

पूर्वी चीनको झेजियाङ प्रान्तको वेनलिङ सहरमा शुक्रबारदेखि आएको शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु भएको छ भने १६ जना पहिरामा परेर हराएका छन् । आँधीको सम्भावित क्षतिलाई लक्षित गर्दै १० लाख सर्वसाधारण अन्यत्र सारिएको छ । लेकिमा नामक आँधीले पहिराको सम्भावान बढाएको भन्दै सरकारले स्थानीयलाई स्थानान्तरण गरेको बिबिसीले जनाएको छ ।

१८७ किलोमिटर प्रतिघण्टाको गतिमा आएको ‘लेकिमा’ बाट धेरै धनजनको क्षति हुन सक्ने भन्दै झेजियाङका सात लाखभन्दा बढी स्थानीयलाई शुक्रबार नै स्थानान्तरण गरेको थियो भने ३ लाखभन्दा बढीलाई शनिबार बिहानै स्थानतरण गरिएको हो । झेजियाङ प्रान्तले सयभन्दा बढी डुंगा, २८८ उडान रद्द गर्नुका साथै रेलवे लाइन पनि बन्द गरेको छ । स्थानीय अधिकारीहरुले एक हजार उद्धारकर्ता, १५० वटा दमकल र १५३ डुंगा तयारी अवस्थामा राखेका छन् । आँधीले झन्डै ३ हजार रुख ढलाएको छ भने सयभन्दा बढी बिजुलीका खम्बामा पनि असर परेको छ ।

आँधीका कारण अनहुई, फुजियान, जियाङसु, झेजियाङ र संघाई नगरपालिकाको प्रान्तहरुमा भारी वर्षाको आशंका गरिएको छ । लेकिमा नामक यो आँधी चीनमा पहिलोपटक आएको भने होइन । यस अघि आठपटक यो आँधी आइसकेको छ ।

प्रकाशित समय १५:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु