fbpx
Nepal Mediciti

गृहपृष्ठ उत्तर कोरियाले गर्‍यो पाँचौं मिसाइल परीक्षण

उत्तर कोरियाले गर्‍यो पाँचौं मिसाइल परीक्षण

उत्तर कोरियाले शनिबार एकाबिहानै पाँचौं मिसाइल परीक्षण गरेको छ । परीक्षण रोक्न चौतर्फी दाबाब आए पनि उत्तरकोरियाले दक्षिणको प्रान्तको पूर्वी सहर हमहुङ नजिकै दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।
यी दुई मिसाइल दक्षिण हेमयोङ प्रान्तको पूर्वी सहर हमहुङ नजिकसम्म आएको दक्षिण कोरियाली सञ्चारमाध्यहरूले जनाएका छन् । यो पूर्वी कोरियाली प्रायद्वीपको जापान सागरमा खसेको बिबिसीमा उल्लेख छ । यी दुई मिसाइल स्थानीय समयअनुसार ५ बजेर ३४ मिनेटमा र ५ बजेर ५० मिनेटमा परीक्षण गरिएको र यी दुवैले करिब ४ सय किलोमिटर दूरी तय गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाली सेनाका अनुसार यी मिसाइल म्याक ६.१ को तुलनामा तीव्र गतिसहित अधिकतम ४८ किलोमिटरको उचाइसम्म पुगेका थिए ।
संयुक्त राष्ट्रसंघको राष्ट्र सुरक्षा परिषदको प्रस्तावको उल्लंघन गर्दै उत्तर कोरियाले पाँचौं पटक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबिचको छलफलमा परमाणु निःशस्त्रीकरण सम्झौतालाई पुनः सुरु गर्नेबारे कुरा भएको थियो । त्यसपछि उत्तर कोरियाले लगातार एकपछि अर्को गरेर मिसाइल एवं रकेटको परीक्षण गरिरहेको छ ।

प्रकाशित समय १३:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु