fbpx
Nepal Mediciti

गृहपृष्ठ चाडमा साम्प्रदायिक झडप, ३७ जनाको मृत्यु

चाडमा साम्प्रदायिक झडप, ३७ जनाको मृत्यु

अफ्रिकी मुलुक चाडमा जातीय समूहबीच भएका झडपमा ३७ जनाको मृत्यु भएको छ ।

पूर्वी चाडमा तीन दिनभित्र भएका साम्प्रदायिक झगडाले उग्ररूप लिएपछि ३७ जनाले ज्यान गुमाएका हुन् । घटनाको राष्ट्रपति इद्रिस देबाइले पुस्टी गरेका छन् । स्वतन्त्रता दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति देबाइले भने, ‘विगत तीन दिनमा चाडको पूर्वी क्षेत्र क्वाडीमा ३७ जनाको मृत्यु हुनेगरी भएका साम्प्रदायिक दंगाबाट सरकार दु:खी छ ।’

ऊँट पाल्ने किसान र खेतीमा आश्रित किसानबीच झडप भएको बताइएको छ । सो स्थान सुडानको सीमाक्षेत्रमा पर्दछ ।

प्रकाशित समय ०८:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु