गृहपृष्ठ बाइटडान्सले स्मार्टफोन निर्माण गर्ने

बाइटडान्सले स्मार्टफोन निर्माण गर्ने

टिकटक बनाउने कम्पनी बाइटडान्सले स्मार्टफोन निर्माण गर्ने जनाएको छ । बाइटडान्सले अब आधिकारिक रूपमै मोबाइल सेट उत्पादन गर्ने घोषणा गरेको बिबिसीले जनाएको छ ।

टिकटकले विश्वबजारमा तहल्का मच्चाएसँगै बाइटडान्सले निर्माण गर्ने स्मार्टफोन पनि विश्वबजारमा प्रतिस्पर्धात्मक रूपमा उत्रिने विश्वास गरिएको छ । बाइटडान्सले सात महिनाभित्रै स्मार्टफोन विश्व बजारमा ल्याइसक्ने जनाएका छ । हाल टिकटक विश्वभर सबैभन्दा तीव्र गतिमा सफलता पाउने कम्पनी हो । यो एपका विश्वभर ५० करोड युजर छन् ।

बिबिसीका अनुसार यो एप प्लेस्टोरबाट एक अर्ब पटक डाउनलोड भइसकेको छ । यसमा १५ सेकेन्डको भिडियो तयार पारेर पोस्ट गरिन्छ । यो कम्पनीसँग टिकटिकसँगै कयौं भिडियो तथा समाचारमा आधारित एपको स्वामित्व रहेको छ । तिनमा स्लैक, फ्लिपचार्ट, टोटिओजस्ता विश्वभर चर्चामा रहेका एप छन् । यी सबैभन्दा बढी चर्चामा रहेको भने टिकटक नै हो ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु