fbpx
Nepal Mediciti

गृहपृष्ठ चन्द्रयान-२ उचित मार्गमा, मिसन इसरोकै नियन्त्रणमा

चन्द्रयान-२ उचित मार्गमा, मिसन इसरोकै नियन्त्रणमा

'अबको युग अमेरिका र रुसको होइन, चीन र भारतको हो ।'

chandrayaan-2-newskarobar

भारतको दोस्रो चन्द्रमिसन चन्द्रयान-२ को सफल प्रक्षेपणको एक दिनपछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले मंगलबार चन्द्रयान-२ अन्तरिक्षयान भौतिक रूपमा ठिक रहेको र निर्देशित दिशामै अघि बढेको बताएको छ ।

३ हजार ८५० किलोको चन्द्रयान-२ देशकै सबैभन्दा शक्तिशाली रकेट जीएसएलवी-एमके-३-एम १ ले सोमबार भारतीय समयअनुसार अपराह्न २:४३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट सफल प्रक्षेपण गरेको थियो । चन्द्रयान-२ ले करिब ३ लाख ८४ हजार किमी यात्रा गरेर ७ सेप्टम्बरमा चन्द्रमाको सतहमा पुग्ने अनुमान गरिएको छ ।

भारतीय अनलाइन अमरउजालाका अनुसार इसरोले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘रकेटबाट अलग भइसकेपछि यानका सौर्य उपकरणले स्वचालित रूपमा सक्रिय भएर कार्य सुरू गरेको छ ।’ बैंगलोरस्थित इसरो टेलिमेट्री, ट्रयाकिङ एन्ड कमान्ड नेटवर्कले अन्तरिक्षयानलाई आफ्नो नियन्त्रणमा राखेको छ ।

विशेषज्ञका अनुसार अस्ट्रेलियाको आकाशमा देखिएको तेजिलो प्रकाशले भारतको दोस्रो चन्द्रमिसन चन्द्रयान-२ त्यहाँको आकाश हुँदै अघि बढेको आभास हुन्छ । अस्ट्रेलियाको पश्चिमी क्विन्सल्यान्ड र उत्तरी इलाकाका सयौं मानिसले आकाशमा चम्किलो प्रकाश देखिएको बताएका छन् ।

मानिसहरूले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनको एक च्यानललाई आकाशमा चम्किलो प्रकाश देखेको बताएका छन् । च्यानलले एक प्रत्यक्षदर्शी सौना रायसलाई उद्धृत गर्दै क्विन्सल्यान्डको जुलिया क्रिक कारवन पार्कबाट सोमबार आकाशमा स्थानीय समयअनुसार राति ७:३० बजे चम्किलो प्रकाश देखिएको बताएको छ ।

केही मानिसले यसको तस्बिर खिचे भने कसैकसैले आफ्नो मोबाइलमा भिडियो पनि बनाए । कसैकसैले यो कुनै एलियन हनुपर्छ भने । दक्षिणी क्विन्सल्यान्ड युनिभर्सिटीका खगोल भौतिक प्रोफेसर जान्टी हर्नरले यो कुनै एलियन नभई भारतद्वारा प्रक्षेपित चन्द्र मिसन भएको बताए । उनले भने, ‘यो अमेरिका र रूसको युग नभई चीन र भारतको चन्द्रमामा जाने युग हो ।’

प्रकाशित समय १३:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु