fbpx
Nepal Mediciti

गृहपृष्ठ ट्रम्पलाई अयोग्य भनेपछि बेलायती राजदूत किम राजिनामा दिन बाध्य 

ट्रम्पलाई अयोग्य भनेपछि बेलायती राजदूत किम राजिनामा दिन बाध्य 

अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले राजीनामा दिएका छन् ।

बेलायती विदेश मन्त्रालयबाट गोप्य इमेल सार्वजनिक भएपछि ड्यारोक राजिनामा दिन बाध्य भएका हुन् । राष्ट्रपति डनाल्ड ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको इमेल सार्वजनिक भएपछि अमेरिका र बेलायतको सम्बन्धमै चिसोपना आएको थियो ।

बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामा पत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिनुपरेको उल्लेख गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्ध सुधार र बेलायती चासोका बारेमा बुझाउन पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको पनि राजीनामा पत्रमा उल्लेख छ । बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वास लागेको उनको भनाइ छ ।

प्रधानमन्त्री थेरेसा मेले राजिनामाबारे संसद्मा जानकारी गराउँदै राजदूत किमले विगतमा राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवादसमेत दिएकी छन् ।

प्रकाशित समय ०८:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु