fbpx
Nepal Mediciti

गृहपृष्ठ भारतमा यात्रुवाहक बस दुर्घटना, २९ को मृत्यु, २१ घाइते

भारतमा यात्रुवाहक बस दुर्घटना, २९ को मृत्यु, २१ घाइते

Accident-Thakkar-newskarobar

भारतको उत्तर प्रदेशमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन् । सोमवार बिहान प्रदेश राजधानी लखनउभन्दा ३३६ किलोमिटर टाढा आगरा सहरनजिकै भएको दुर्घटना भएको हो ।

बसमा ५० जनाजति यात्रु रहेको र लखनउबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ जाँदै गर्दा सडकबाट पल्टिएको थियो । चालक निदाएपछि दुई तले बस अनियन्त्रित भएर सडक छेउको नालिमा पल्टेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएका छन् ।

नयाँ दिल्लीबाट आगरासम्मको १६५ किमी लामो यमुना द्रुतमार्ग भारतकै सबैभन्दा लामो छ लेनको सडक हो । सन् २०१२ मा सो द्रुतमार्ग खुलेयता त्यहाँ भएका दुर्घटनाहरूमा ९०० मानिसले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय १८:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु