fbpx
Nepal Mediciti

गृहपृष्ठ अफगानिस्तानमा सुरक्षाकर्मी र तालिबानबीचको भिडन्तमा १५ को मृत्यु

अफगानिस्तानमा सुरक्षाकर्मी र तालिबानबीचको भिडन्तमा १५ को मृत्यु

अफगानिस्तानको घाज्नी प्रान्तमा तालिबान लडाकू समूह र सुरक्षाफौजबीचको भिडन्तमा १२ तालिबान लडाकू मारिएका छन् । तीन सरकारी सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

गएराति रातभरको भिडन्तमा नौ तालिबान लडाकू घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । घाज्नी प्रान्तको उत्तरी इलाकामा रहेको गाउँमा प्रहरी चौकी आक्रमण गर्न आएका तालिबान लडाकुलाई सुरक्षाकर्मीले जवाफी कारबाही गर्दा १२ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये २५ मा अझै तालिबान आतंककारी समूह सक्रिय छ ।

प्रकाशित समय ०८:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु