fbpx
Nepal Mediciti

गृहपृष्ठ पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

पपुवा न्यू गिनीको सामुद्रिक क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । मंगलबार सो क्षेत्रमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) पुष्टि गरेको हो ।

भूकम्पपछि उक्त क्षेत्रमा सुनामी आउन सक्दे भन्दै प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ । भूकम्पको केन्द्रबिन्दु पपुवा न्यू गिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको यूएसजीएसले जनाएको छ ।

गत वर्ष पपुवा न्यू गिनीमा ७.५ म्याग्निच्यूडको भूकम्प जाँदा १५० जनाको मृत्यु भएको थियो भने ३५ हजारभन्दा बढी मानिसको घर भत्किएका थियो ।

प्रकाशित समय ०७:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु