गृहपृष्ठ पाकिस्तानको पाँचतारे होटलमा आक्रमण, एकको मृत्यु

पाकिस्तानको पाँचतारे होटलमा आक्रमण, एकको मृत्यु

पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा पाँचतारे होटलमा सशस्त्र समूहले आक्रमण गरेको छ । तीन जनाको सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।

सो समूहले आक्रमण गरेको जाभेर पर्ल कन्टिनेन्टल होटल अर्बौँ डलर चिनियाँ लगानी रहेको रणनीतिक महत्त्वको बन्दरगाह सहर ग्वादारमा पर्ने बीबीसीले जनाएको छ ।

होटलका प्रवक्ताका अनुसार रमजानको बेला भएकाले होटलमा अतिथि थिएनन् र कर्मचारीहरू पनि थौरै सङ्ख्यामा थिए । पृथक्तावादी समूह बलोचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिँदै चिनियाँ र अन्य लगानीकर्तालाई लक्षित गरिएको बताएको छ ।

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु