fbpx
Nepal Mediciti

गृहपृष्ठ एक महिनामै ७६ हजार आप्रवासी अमेरिका प्रवेश

एक महिनामै ७६ हजार आप्रवासी अमेरिका प्रवेश

illegal-migrant-worker-newskarobar

एक महिनामै ७६ हजार आप्रवासी अमेरिका प्रवेश गरेका छन् ।  दक्षिण–पश्चिम अमेरिका–मेक्सिको सीमा क्षेत्रबाट फेब्रुअरीमा मात्रै ७६ हजारभन्दा बढी आप्रवासी अमेरिका प्रवेश गरेको अधिकारीहरूले जनाएका छन् ।

केही महिनायता १०० भन्दा धेरै मानिस रहेको ७० वटाभन्दा बढी समूह अमेरिका प्रवेश गरेको छ । मेक्सिको–अमेरिका सीमाका अत्यन्त दुर्गम क्षेत्रबाट यी आप्रवासी गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेक्सिकोसँगको सीमाका दुर्गम ठाउँमा पर्याप्त जनशक्ति परिचालन गर्न नसकिएका कारण गैरकानुनी रुपमा मानिसहरु अमेरिका प्रवेश गरिरहेको अधिकारीहरूले बताएका छन् । सीमा सुरक्षा अधिकारीहरुका अनुसार अवैधानिक रुपमा अमेरिका प्रवेश गर्न खोज्ने करिब चार लाख आप्रवासीलाई बर्सेनि पक्राउ पर्ने गरेका छन् । सन् २००० मा त १६ लाखलाई सीमामा पक्राउ गरिएको थियो ।

illegal-migrant-worker-newskarobar

मेक्सिको र अमेरिकबीच सम्बन्ध राम्रो छैन । मेक्सिकनहरू नै अमेरिका प्रवेश गर्न लालायित हुने गरेका छन् । कारण भने कसैले खुलाउने गरेको छैन । विगतमा पक्राउ परेका अधिकांश मानिस मेक्सिकोका एकल पुरुष थिए ।

अक्टुबरयताका पाँच महिनामा मात्र सीमाबाट एक लाख ३० हजारभन्दा बढी परिवारलाई नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । यसबाहेक हजारौं बालबालिका पनि अवैध ढंगले अमेरिका प्रवेश गर्ने गरेका छन् ।

अवैध आप्रवासीको प्रवेश रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा क्षेत्रमा बलियो पर्खाल बनाउने योजना अघि सारे पनि सफल हुन सकेका छैनन् । उनको योजना उल्टै विवादमा फसेको छ ।

प्रकाशित समय ०९:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु