fbpx
corona information

गृहपृष्ठ क्लासिक टेकका ग्राहकलाई रिचार्जमा ‘महाछुट अफर’

क्लासिक टेकका ग्राहकलाई रिचार्जमा ‘महाछुट अफर’

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीका लागि विशेष अफर ल्याएको छ । हरेक ग्राहकले २ हजार ८१६ देखि ४ हजार १३० रूपैयाँसम्म क्यास डिस्काउन्ट र २ महिना बोनससमेत पाउनेछन् ।

कम्पनीले यो अफर अनलाइनमार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो । कोरोनाभाइरस (कोभिड १९) का कारण ग्राहकको सुरक्षालाई ध्यान दिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । उत्कृष्ट तथा गुणस्तरीय सेवाप्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसिमका रिचार्ज सुविधामा ‘महाछुट अफर’ दिएको छ । ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाइनमार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट पाउँछन् भने २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ ।

त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्क भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवा उपलब्ध छ । यो भनेको ग्राहकले ६ महिनाको शुल्क तिर्दा थप एक महिना सेवा उपलब्ध हुनु हो । तीन महिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । १ महिनाको रिचार्ज गर्दा कम्पनीले ५ प्रतिशत क्यास डिस्काउन्ट दिएको छ ।

कम्पनीकाअनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनि आईपी टीभी एचडी च्यानल उपलब्ध गराएको छ । ‘ल्यागफ्रि गेमिङ’, ‘भिडिओ स्ट्रिङमिङ’एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवामा देशका प्रमुख सहरहरुमा सजिलै उपलब्ध छ । त्यस्तै, ग्राहकले साधरण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गर्नुपरे कम्पनीले सेवामा थप बोनस उपलब्ध गरेको छ । जहाँ एक वर्षको योजनामा २ महिना निशुल्क बोनस पाउनेछन् भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस हुनेछ । कम्तिमा ३ महिनाको सेवा लिएको खण्डमा १५ दिनको बोनस पाउनेछन् ।

प्रकाशित समय १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु