fbpx
corona information

गृहपृष्ठ नेपाल टेलिकमले एनटी टिभी सेवा सञ्चालनमा ल्याउने

नेपाल टेलिकमले एनटी टिभी सेवा सञ्चालनमा ल्याउने

nepal-telecom-newskarobar

नेपाल टेलिकमले एनटी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले पुस १७ गतेदेखि एनटीटीभी ब्रान्डमा फाइबर टु दि होममार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको हो । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डेटा सेवा उपलब्ध गराइरहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।

कम्पनीको एनटी टिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेकाले तत्कालका लागि यो सेवा काठमाडौं उपत्यकाभित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिगौँडा, जोरपाटी, कीर्तिपुर, सैबु, लुभु, नक्साल र उपत्यकाबाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानमा मात्र उपलब्ध हुनेछ ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डेटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । एनटी टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट एसटीबी (सेट टप बक्स) खरिद गर्नुगर्छ । ग्राहकले प्रयोग गरिरहेको परम्परागत टिभी सेट र आधुनिक डिजिटल टिभी सेटमा एनटी टिभी हेर्न सकिन्छ ।

विभिन्न राष्ट्रिय टिभी तथा विदेशी च्यानल उपलब्ध हुने एनटी टिभी सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने भएकाले ग्राहकले आवश्यकता र उपयुक्तताअनुसारको प्याकेज छनौट गरी सेवा लिन सक्ने कम्पनीले जनाएको छ । टेलिकमले प्याकेज तथा दर रेट भने सार्वजनिक गरिसकेको छैन । भ्वाइस सेवा, डेटा सेवा र टिभी सेवा एउटै फाइबरको माध्यमबाट उपलब्ध हुने भएकाले कम्पनीका सेवामा ग्राहक थप आकर्षक हुने प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

प्रकाशित समय १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु