fbpx
corona information

गृहपृष्ठ ओपोका क्वालिटी क्याम्पेन सञ्चालन

ओपोका क्वालिटी क्याम्पेन सञ्चालन

ओपोले उपभोक्तामाझ आफ्ना ह्यान्डसेट्स तथा उपकरणलाई पृथक् बनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी गराउनका लागि क्वालिटी क्याम्पेन सञ्चानलनमा ल्याएको छ । नोभेम्बरभरि सञ्चालन हुने क्याम्पेनअन्तर्गत ओपोले सामाजिक सञ्जालका प्ल्याटफर्ममार्फत ब्रान्ड र गुणस्तरका बारेमा जानकारी दिने विभिन्न भिडियो सार्वजनिक गर्ने जनाएको छ ।

उपभोक्तालाई भिडियोमार्फत उपकरण निर्माण प्रक्रियाबारे जानकारी दिने प्रयास गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, ओपो क्वालिटी मोमेन्ट क्याम्पेनको आयोजना गर्ने तयारी पनि गरिएको छ । क्याम्पेनमार्फत ओपोले उपभोक्तासँग ओपो र तिनकाबीचको क्वालिटी मोमेन्ट स्टोरिज वाकमेन्टका रुपमा पोस्ट गर्न अनुरोध गरेको छ ।

उपभोक्ताका अनुभव र प्रतिक्रिया सुन्दै प्रयोगकर्तालाई अग्रपंक्तिमा राख्ने कम्पनी ओपोले आगामी दिनमा यसकै आधारमा रणनीति निर्माण गर्नुका साथै उत्पादन तथा सेवाको गुणस्तरमा समेत स्तरोन्नति गर्ने सोच बनाएको जनाएको छ । यसै उद्देश्य प्राप्तिका लागि कम्पनीले ‘ओपो क्वालिटी मोमेन्ट’ क्याम्पेनको आयोजना गर्न लागेको हो ।

प्रकाशित समय १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु