fbpx
corona information

गृहपृष्ठ आईसीटी अध्ययन छात्रवृत्तिका लागि क्यान महासंघद्वारा आवेदन खुला

आईसीटी अध्ययन छात्रवृत्तिका लागि क्यान महासंघद्वारा आवेदन खुला

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप-२०७७’ का लागि आवेदन खुला गरेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा २८ वर्षदेखि कार्य गर्दै आएको कम्प्युटर एसोसिएसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ दुई वर्षदेखि प्रदान गर्दै आएको छात्रवृत्तिको आवेदन यो वर्षका लागि खुला गरेको हो ।

क्यान महासंघले सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति काठमाडौँको मैतिदेवीमा रहेर दुई दशकदेखि सूचना प्रविधि अध्ययन अध्यापन गराउँदै आएको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरिएको क्यानले जनाएको छ । जसअन्तर्गत देशभरबाट ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।

प्रकाशित समय ०७:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु