fbpx
corona information

गृहपृष्ठ गोजीमा राख्न मिल्ने १२८ जीबीको मिनी-कम्प्युटर

गोजीमा राख्न मिल्ने १२८ जीबीको मिनी-कम्प्युटर

M1K_NewsKarobar

यदि तपाईं सानो, हलुका र जतासुकै बोकेर हिँड्न मिल्ने कम्प्युटरको खोजीमा हुनुहुन्छ भने तपाईंका लागि नयाँ विकल्प आएको छ ।

चीनको एक्सीवाई नामक प्रमुख मिनी पीसी ब्रान्डले एमवनके (M1K) नामक नयाँ सानो पीसी स्टिक बजारमा ल्याएको छ । हामीले हालैका वर्षहरूमा प्रविधिको अत्याधिक विकाससँगै ठूलो भन्डारण क्षमता भएका मेमोरी कार्ड, पेनड्राइभजस्ता उपकरणहरू देख्दै आए पनि यस्तो गोजीमै हाल्न मिल्ने कम्प्युटरमध्ये यो निकै रोचक छ ।

यो डिभाइस अमेजन फायर स्टिकजस्ता हाल प्रयोगमा रहँदै आएका प्रशारण उपकरण (स्ट्रिमिङ)भन्दा अलिकता ठूलो छ, तर भित्रै पूरै एउटा पर्सनल कम्प्युटर (पीसी)को पूर्ण क्षमतायुक्त छ ।

इन्टेल सेलरोन एनफोर क्वाड प्रोसेसर भएको यो सानो डिभाइस पूर्ण रूपमा ६४ बिटको विन्डोज १० अपरेटिङ सिस्टममा चल्छ । यसमा दुईवटा पूर्ण आकारका युएसबी पोर्टका साथै भित्र कुलिङ फ्यान पनि छ ।

कम्पनीका अनुसार इन्टेल एचडी ग्राफिक्स ६०० युक्त रहेको रहेको यो उपकरणले ६० हर्जमा फोरके रिजुलोसनका दृष्य प्रवाह गर्नसक्छ ।

यसमा फोरजीबी एलपीडीडीआरफोर मेमेरी पूर्वजडित १२८ जीबीको मेमोरी छ, जसलाई ट्रान्सफ्ल्यास वा माइक्रोएसडी कार्डबाट १२८ जीबीसम्म थप बढाउन सकिन्छ ।
यसमा ब्लुतुथ ४.२ छ भने इन्टेल ७२६५ एसी वाइफाई चिपसेटका माध्यमबाट २.४ जिगाहर्जदेखि फाइभ गिगाहर्जसम्मका वाइफाई कनेक्ट गर्न सकिन्छ ।

यसका मूल्य केबल १५९ अमेरिकी डलरमात्र तोकिएको छ, जुन नेपाली करिब १९ हजार रूपैयाँमात्र पर्छ । यो ठिक्कको स्मार्टफोनको मूल्यबराबर मात्र छ ।

यो पकेट पीसी अहिले चीनमा मात्र बचिरहिएकाले नेपालमा तत्काल पाउन गाह्रो छ । हाल केही चिनियाँ ई-कमर्स प्लेटफर्मबाट उपलब्ध भए पनि कोरोना भाइरस महामारीको यो उपलब्ध हुन समय लाग्नसक्छ । (स्रोतः एजेन्सीहरू)

प्रकाशित समय १४:४४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु