fbpx
corona information

गृहपृष्ठ अनलाइन कक्षाका लागि एनसेलको विशेष योजना, २५० रुपैयाँमै २० जिबी डेटा

अनलाइन कक्षाका लागि एनसेलको विशेष योजना, २५० रुपैयाँमै २० जिबी डेटा

निजी क्षेत्रको अग्रणी मोबाइल सेवाप्रदायक एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ । कम्पनीले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा योजना ल्याएको हो ।

एनसेलले अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा यो योजना ल्याएको हो । यो सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिइएको छ ।

मासिक योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्छन् । विद्यार्थीले करबाहेक मासिक २५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, एक जिबी थ्रिजी/फोरजी डेटा, दुई जिबी फोरजी डेटा, सियूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्छन् ।

एनप्याब्सन र प्याब्सनसँगको सहकार्यका बारेमा आफ्नो धारणा राख्दै एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कोभिड १९ ले शिक्षा क्षेत्रलगायत सबै क्षेत्रमा असर पारेको छ । साथै, अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ । हामी सबै विस्तारै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त भइरहेका बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ । देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ-लर्निङमा योगदान पु–याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामी हर्षित छौं ।’ एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीलाई डिजिटल माध्यमबाट इ-लर्निङमा सहयोग अपेक्षा गरिएको छ ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयहरुमा पठनपाठन कहिलेदेखि सञ्चालन हुने भन्ने निश्चित नभएको हालको अवस्थामा अनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक/शिक्षिकालाई अध्ययन अध्यापनमा सहयोग पु–याउन एनसेलसँग विशेष योजनामा हातेमालो गरिएको बताए । ‘कोभिड १९ ले निम्त्याएको महामारीका कारण हालको शिक्षण प्रणालीलाई नाटकीय ढंगले परिवर्तन गरिदिएको र सिकाइका लागि विश्वव्यापी रुपमै भर्चुअल लर्निङको ट्रेन्ड अप्रत्याशित रुपमा बढेको छ । विद्यालयहरुले हालका लागि भर्चुअल रुपमा नै कक्षाहरु सञ्चालन गर्ने सरकारको नीतिमा यस सहकार्यले सहयोग पु–याउनेमा हामी विश्वस्त छौं,’ प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने ।

यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिने जनाइएको छ ।

प्रकाशित समय २२:१४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु