fbpx
corona information

गृहपृष्ठ बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट कसरी बचाउने ?

बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट कसरी बचाउने ?

बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफ नेटले इन्टरनेटबाट बालबालिका र युवाहरुलाई हुने उत्पीडनको बारेमा विभिन्न ६ वटा भर्चुअल वर्कसप आयोजना गरेको छ । इभिडेन्स रिभ्यु, रिसर्च र एड्भोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सनको विषयमा चाइल्ड सेफनेटले युनिसेफसँगको सहकार्यमा आयोजना गरेको भर्चुअल वर्कसपमा २५ जनाभन्दा बढी रिसोर्स पर्सनको रुपमा सहभागी भएका थिए । पाँच सयभन्दा बढीले कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।

विभिन्न ६ वटा भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवाप्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिएको थियो । विभिन्न निकाय र व्यत्तिहरुसँगको छलफलबाट नेपालमा बालबालिका र युवाहरु इन्टरनेटको प्रयोग कसरी गरिरहेका छन्, यसको दुरुपयोग कसरी हुन्छ र यसको निवारणको लागि अभिभावकदेखि सरकारसम्मले कस्तो तयारी र योजनाहरु बनाउनुपर्छ भन्ने कुरामा जोड दिइएको थियो ।

कार्यक्रमको उद्देश्य अनलाइनमा बालबालिका तथा युवाहरुको सुरक्षामा सचेतना बढाउँदै सरोकारवालाहरुको राय संकलन गर्नु रहेको चाइल्ड सेफनेटका सञ्चालक अनिल रघवंशीले बताए । २०७७ साउन ३ गते देखि सञ्चालन भएको वर्कसप साउन १४ गतेसम्म सञ्चालन भएको थियो । यी शृंखलाहरुबाट संकलन गरिएका विचारहरुबाट आगामी दिनहरुमा बालबालिकाको सुरक्षा र यसको वकालतका लागि प्रयोग गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको पाचौं सेसनमा दूरसञ्चार प्राधिकरण र आइएसपीहरुसँगको छलफलमा वत्ताहरुले इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ गर्नुसँगै बालबालिकामा सचेतना जगाउने, विद्यालयका शिक्षामा नै यससम्बन्धी जानकारी गराउने र अभिभावकको अनुगमनमा इन्टरनेट प्रयोग बढाउनुपर्नेमा जोड दिइएको थियो । यसैगरी एनटिए र विभिन्न आइएसपीहरुले नेपालमा पोर्न साइट र भ्रम फैलाउने समाचार र अन्य वेबसाइटहरु पनि बन्द गरेका छन् । केही आइएसपीहरुले बालबालिका लक्षित इन्टरनेट सेक्युरिटी गाइड तथा एप्लिकेकसनहरु पनि सञ्चालनमा ल्याएका छन् ।

यसैगरी कार्यक्रमको छैटौँ सेसनमा बालबालिका र युवालाई अनलाइन सुरक्षामा सरकारी भूमिकाको विषयमा सरोकारवाला तथा सरकारी अधिकारिहरुसँग छलफल गरिएको थियो । यस सेसनमा सूचना तथा सञ्चार र प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, महिला तथा बालबालिका विभागको महानिर्देशक रोशनी श्रेष्ठ, नेपाल दूरसञ्चार प्राधिकरणको उपनिर्देशक रोजा किरण बासुकला, केन्द्रीय साइबर ब्युरोको डिएसपी दिपेश जोशीलाई वक्ताको रुपमा रहेका थिए ।

उनीहरुले सरकारी तवरबाट भइरहेको केही प्रयासहरु अब पर्याप्त नहुने भन्दै अब पोलिसीमै यस्ता कुराहरु समावेश गरेर छुट्टै टास्कफोर्स बनाएर काम गर्नसके प्रभावकारी हुने बताए । बालबालिकासँगै अभिभावकमा सचेतना र डिजिटल लिट्रेसी बढाउनुपर्ने, सरकारले अनावश्यक वेबसाइटहरु फिल्टर गर्नुपर्ने र सेवाप्रदायकहरुले सेक्युरिटीका टुल्सहरु उपलब्ध गराएमा दुरुपयोग कम हुने वक्ताहरुको विचार थियो । घटना भइसके पनि कप्लेन गर्न सकिने सहज सुविधा र त्यसको फलोअप र कारबाहीको प्रक्रिया पनि प्रभावकारी भएमा बालबालिकालाई इन्टरनेटको उत्पिडन तथा अपराधबाट जोगाउन सकिने सरोकारवाला तथा विज्ञहरुले सुझाव दिएका छन् ।

२०११ सम्म इन्टरनेटको प्रयोगकर्ता ९ प्रतिशतमात्रै थियो तर अहिले भने इन्टरनेटको प्रयोगकर्ता ७० प्रतिशत पुगेकाले समस्या अझै बढ्दै गएको पाइन्छ । सन् २०१९ मा मात्रै २० लाख ५० हजार व्यक्तिहरुले इन्टरनेटको प्रयोग गर्न थालेका छन् । यसअघि चाइल्ड सेफनेटले करिब १२२८ जनामा गरेको सर्वेक्षणमा इन्टरनेटको प्रयोगसँगै दुरुपयोग बढेको र आपराधिक घटना पनि भएको देखिएको थियो ।

उक्त सर्वेक्षणको अनुसार हरेक चार जना बालबालिका या युवाहरुमा एक जनाले इन्टरनेटको प्रयोग १० घण्टाभन्दा बढी गरेको देखियो । लकडाउनभन्दा अगाडि अधिकाशंले इन्टरनेटको प्रयोग एकदेखि तीन घण्टा प्रयोगसम्म गर्ने गर्थे,अहिले भने प्रायः नेपालीले चारदेखि ६ घण्टासम्म प्रयोग गर्न थालिएको देखिन्छ । ८३ प्रतिशतले लकडाउनपछि चार घण्टाभन्दा बढी प्रयोग गर्न थालिएको पाइएको छ र यही बढ्दो प्रयोगसँगै साइबर अपराध पनि बढ्दै गएको छ ।

चाइल्डसेफ नेटको सर्वेक्षणअनुसार तीन जनामा एक जना बालबालिका या युवा महिलाले यौन साइटहरु हेरेका थिए र दुई जनामा एक जना बालबालिका या युवा पुरुषले यौन साइट हेरेका थिए । बालबालिका तथा युवारुमा फेसबुक, इन्स्टाबाट फेक आइडी बनाएर अश्लील भिडियो तथा फोटो पठाउने, पासवर्ड मागेर उत्पीडन गर्ने , स्कयामिङ गर्ने गरेको बढी देखिन्छ ।

नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालबालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकारात्मक असरहरु देखिएकोप्रति चाइल्डसेफ नेटले अभिभावक, बालबालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । संस्थाले विभिन्न सचेतनामूलक कार्यक्रम, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रसारण, बालबालिकासम्बन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने काम गरिरहेको नेहा गौचनले जानकारी दिइन् ।

प्रकाशित समय १५:०५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु