fbpx
corona information

गृहपृष्ठ टेलिकमका लकडाउन विशेष छुट सुविधा : केहीमा कायमै, केहीमा हट्यो

टेलिकमका लकडाउन विशेष छुट सुविधा : केहीमा कायमै, केहीमा हट्यो

nepal-telecom-newskarobar

कोभिड १९ संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकलाई उपलब्ध गराएका केही सुविधा हटाएको छ भने केही कायमै राखेको छ ।

कम्पनीले आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ । कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई असार ८ गतदेखि यस्ता महसुलमा बिलम्ब शुल्क लागू हुनेछ ।

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागू हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहनेछ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित चार जिल्ला नुवाकोट, रसुवा, काभ्रे र सिन्धुपाल्चोकका ७६० स्थानमा कम्पनीले दुई वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो । ती स्थानलाई सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टिन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुनेगरी पुनः दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय भएको प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

यसैगरी, कम्पनीले एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट सुरु गरेको जनाएको छ । यसअनुसार एउटै लाइनबाट फोन, डाटा र टिभी सेवासमेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मतसम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अप्रेटरलाई गुनासो टिपाउन प्रवक्ता जोशीले बताए ।

प्रकाशित समय १७:०९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु