fbpx
corona information

गृहपृष्ठ इन्जिनियर्स एशोसिएसनद्वारा प्रादेशिक अस्पताललाई ‘सिस्टर’ हस्तान्तरण

इन्जिनियर्स एशोसिएसनद्वारा प्रादेशिक अस्पताललाई ‘सिस्टर’ हस्तान्तरण

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले प्रादेशिक अस्पताल, हेटौंडालाई रोबोट हस्तान्तरण गरेको छ । ‘सिस्टर’ नाम रहेको रोबोटले आइसोलेसनमा रहेका बिरामीहरुलाई औषधि, खाजा, खाना लगयातका सामग्रीहरू सहज रुपले वितरण गर्दछ ।

एशोसिएसनको नेतृत्व तथा ओज्टेक, कान्तिबीर, द रोबोनौट्स र रोबोटोक्स एशोसिएसन अफ नेपालको प्राविधिक सहयोगमा रोबोट निर्माण भएको हो । उक्त रोबोटले काम गर्ने दायारा करिब पाँचदेखि सात सय मिटर सम्मको दुरी रहेको छ ।

कोभिड- १९ लगायतका अन्य संक्रमण हुन सक्ने रोगका बिरामीहरुलाई आइसोलेसनमा राखेको अवस्थामा सिस्टर रोबोट प्रयोग गर्न सकिनेछ । एउटा कन्ट्रोल रुममा बसेर स्वास्थ्यकर्मीले बिरामीलाई आवश्यक पर्ने औषधि, खाना, खाजा लगायतका सामग्रीहरु रिमोट कन्ट्रोलको सहयताले कन्ट्रोल रुममै बसी बिरामीसम्म पुराउन सकिनेछ ।

रोबोटमा एफपीभी सिस्टमद्वारा कन्ट्रोल रुममै बसेर रियलटाइम भिडियो हेर्न सकिनेछ । रोबोटमा ट्याब्लेटसमेत जडान गरिएको छ । जसबाट स्वास्थ्यकर्मीले प्रत्यक्ष बिरामीसँग कुराकानी गर्न सक्नेछन् । प्रत्येक पटक काम गरेपश्चात रोबोटलाई कीटाणुरहित गराउन स्प्रे प्रयोग गर्न सकिनेछ ।

रोबोटको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले उक्त रोबोटलाई सञ्चालन गर्दै त्यसको  उपयोगिताबारे जानकारी लिएका थिए । यसका साथै नयाँ-नयाँ प्रविधिबाट हरेक क्षेत्रमा फड्को मार्न सकिने ठ्हर गर्दै मुख्यमन्त्री पौडेलले यस्ता प्रविधिलाई निरन्तर रुपमा प्रयोगमा ल्याउनु पर्ने बताए ।

इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशका सभापति ई. नन्दलाल बन्जाडेले प्रविधिमैत्री समाज निर्माण गर्न इन्जिनियरहरूको उल्लेखनीय भूमिका रहेको बताउँदै एशोसिएसनले यस्ता कामहरु गर्न विशेष कोषसमेत खडा गर्ने जानकारी दिए ।

एशोसिएसनले कोभिड- १९ विरुद्धको अभियानमा भिन्न रिसर्च एन्ड डेभेलोपमेण्ट तर्फका रणनीतिहरु प्रयोगमा ल्याउदै गरेको र हालै रोबोटिक्स समुदायसँगको सहकार्यले नौलो आयम थपेको जानकारी दिदै भविस्यमा पनि एशोसिएसन यस्ता काम गर्न इच्चुक रहेको जानकारी एशोसिएसनका सदस्य ई. सुरज गौतमले दिए ।

रोबोटिक्स समुदायका साथीहरुको संयुक्त पहलमा करिब १० दिनको कडा मिहिनेत र १ लाख बराबरको लागतमा सिस्टर भर्सन १.० रोबोट तयार भएको जानकारी रोबोटिक्स एशोसिएसनका अध्यक्ष विकास गुरुङले जानकारी दिए । सो रोबोट निर्माण गर्ने टिममा पृथ्वी चौधरी, पंकज जप्रेल, रिचन जोशी, अनिल सिंह, विकास गुरुङलगायत रोबोटिक्स समुदायको सहयोग रहेको थियो ।

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले यसअघि १० वटा नमुना कोभिड- १९ स्वाब संकलन बुथ निर्माण गरेर बागमती प्रदेशअन्तर्गत माग भएका जिल्लाहरुमा प्रदान गरिसकेको छ । त्यस्तै एशोसिएसनले, माग बमोजिम थप ५ वटा बुथसमेत निर्माण गर्ने भएको छ ।

प्रकाशित समय १४:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु