fbpx
corona information

गृहपृष्ठ सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४ के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ ।

सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारण सहितको ५ जी ग्यालेक्सी एस ६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ ।

प्रकाशित समय ०७:५२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु