fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

स्टल बुकिङ हुन २० प्रतिशतमात्र बाँकी

सूचना प्रविधिसम्बन्धी प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) ले सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी २६ औं संस्करण प्रदर्शनी हुन लागेकाे हाे ।

सम्मेलनको आगामी फागुनको २ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । यस संस्करणको टाइटल स्पोन्सर प्रभु पे रहेको छ । प्रदर्शनीका ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताएका छन् ।

क्यान इन्फोटेक २०२० को एशोसिएट स्पोन्सरमा वल्र्ड्लिंक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् भने डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेशन्स रहेको छ । त्यसैगरी, स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिष्ट्रिब्युशन गोल्ड स्पोन्सर रहेका छन् भने जेनेस सोल्युशन, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पावर बीपीई सिल्भर स्पोन्सर रहेका छन् ।

ब्रेन डिजिट आईटी सोल्युशन क्यान इन्फोटेक २०२० को डिजिटल पार्टनर रहेको छ । त्यसैगरी क्रियटिभ पार्टनरमा आर आर श्री स्कुल अफ टेक्नोलोजी, गेमिङ्ग पार्टनर ओसियन कम्प्युटर तथा अफिसियल सञ्चार संस्थामा प्रविधि पत्रकार मञ्च, अफिसियल इन्स्योरेन्समा प्रभु इन्स्योरेन्स, रिसर्च पार्टनर सिएसआर, अफिसियल ट्राभल पार्टनर बिएन होलिडेज रहेको छ ।

इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनी का साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने छ जसमा हरेक प्रतिस्पर्धाका विजेताले आकर्षक पुरस्कार पाउने छन् ।

यसका लागि बेग्लै विशेष पेभिलियनको व्यवस्था गरिने योजना रहेको अध्यक्ष कुँवर बताउँछन् ।रोबोट र ड्रोनबाट गरिने प्रदर्शनीको उद्घाटन पनि सूचनाप्रविधि मेलाको विशेष आकर्षण रहने छ ।

यस पटकको क्यान इन्फोटेकमा विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि रहने छ । सो अवसरमा गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता आयोजना गर्ने छ जसमा डोटा टु तथा सीएस गो जस्ता टीम वर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् ।

दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै बिजेताहरुले प्रमाणपत्र सहित १ लाख नगद पुरस्कार पनि प्राप्त गर्ने छन् ।

क्यान इन्फोटेकको यो संस्करणको प्रवेश शुल्क १०० रुपैयाँ राखिएको छ । विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने छन् भने, सामुदायिक तथा सरकारी विद्यालय र कलेजका विद्यार्थीहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुले निशुल्क प्रवेश पाउन सक्नेछन् ।

यो वर्ष क्यान इन्फोटेक उपत्यकाबाहिर पनि ८ स्थानमा आयोजना गरिने कार्यक्रम अनुसार प्रदेश १ को इटहरी र प्रदेश २ को वीरगञ्जमा क्यान इन्फोटेक सफलतापूर्वक सम्पन्न भैसकेको छ ।

त्यस्तै माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा, माघ २४ गतेदेखि २८ गतेसम्म बागमती प्रदेशको चितवनमा, फाल्गुन ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा, फाल्गुन २० देखि २४ गतेसम्म प्रदेश ५ को नेपालगंजमा, फाल्गुन २८ गतेदेखि चैत्रको १ गतेसम्म प्रदेश ७ को धनगढिमा र चैत्र ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने अध्यक्ष कुँवरले जानकारी दिए ।

प्रकाशित समय १६:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु