fbpx

गृहपृष्ठ क्यान अध्यक्षमा नवराज कुँवरद्वारा उम्मेदवारी घोषणा

क्यान अध्यक्षमा नवराज कुँवरद्वारा उम्मेदवारी घोषणा

सूचना प्रविधि व्यवसायी नवराज कुँवरले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका उनले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी पेश गरेका हुन् ।

मंगलबार पत्रकार सम्मेलनमार्फत क्यान अध्यक्षमा आफ्नो दावी प्रस्तुत गर्दै उनले ७७ ओटै जिल्लामा महासंघका शाखा पुर्याई मुलुकमा सूचनाप्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश आफू प्रतिवद्ध रहेको बताए । आगामी मंसिर ७ गते महासंघको १३औँ कार्यसमितिको निर्वाचन हुँदैछ ।

सूचना प्रविधिसम्बन्धी सामान एवं सेवा आयात र निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटी सञ्चालनमा रहेको अव्यवाहारिक कर नीतिलाई सरकारसँग छलफल गरेर समाधान गर्न पहल गरिने समेत कुँवरको भनाइ छ । आफू निर्वाचित भएमा केन्द्र र सातै प्रदेशमा क्यान फेडेरेशनको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिने कुँवरले बताएका छन् ।

नेपालको सबैभन्दा ठूलो सूचनाप्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् । ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचनाप्रविधि (आईटी) र पर्यटन प्रविधि (टीट)लाई सम्बोधन गर्ने गरी गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेछौं, उनले भने ।

सूचनाप्रविधिका विभिन्न क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आफूले पहल गर्ने र सूचनाप्रविधिको हस्तान्तरण गरी मुलुकको विकासमा टेवा पु¥याउनका लागि नेपालमा भएका कुटनीतिक नियोगसँग छलफल गरी काम अगाडि बढाउन पहल गर्ने पनि उनले बताए । कुँवरका अनुसार गैरआवासीय नेपालीमार्फत सूचनाप्रविधिका कम्पनीमा विदेशी लगानी भित्राउन आवश्यक कदम चालिनेछ र विदेशिएको युवा जनशक्तिलाई सूचना प्रविधिको क्षेत्रमा स्वदेशमै रोजगारी सृजना हुने वातावरणको खोजी गरिने छ ।

प्रकाशित समय १९:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु