fbpx
Nepal Mediciti

गृहपृष्ठ ग्यालेक्सी एम ३० एस नेपाली बजारमा

ग्यालेक्सी एम ३० एस नेपाली बजारमा

Samsung Launches Galaxy m30s

विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स र स्मार्टफोन उत्पादक सामसङले नयाँ ग्यालेक्सी एम स्मार्टफोन नेपाल बजारमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एम स्मार्टफोनको लाइनमा एम ३० एस पनि समावेश भएको हो । ग्यालेक्सीका एम लाइनमा – एम १०, एम २० तथा एम ४० समावेश छन् ।

ग्यालेक्सी एम ३० एसमा शक्तिशाली ६००० एमएएच ब्याट्री छ । जुन ब्याट्री पुरै एक दिनभन्दा धेरै टिक्ने कम्पनीले जनाएको छ । यसलाई एकपटक चार्ज गरेपछि २९ घण्टाको भिडियो प्लेब्याक, ४९ घन्टाको भ्वाइस कल, १३१ घन्टाभन्दा बढी म्युजिक प्लेब्याकको सुविधा प्राप्त गर्न सकिन्छ । यसमा टाइप सी १५ वाट फास्ट चार्जर छ । ६००० एमएएचको शक्तिशाली ब्याट्री लाग्ने बाजबुत, ग्यालेक्सी एम ३० एस केवल ८.९ मि.मी. पातलो छ भने यसको वजन १८८ ग्राम मात्र छ ।

‘ग्यालेक्सी एममा यसअघि प्रयोग नभएको प्रविधिलाई उपयोग गरिएको छ । यसमा भएको सुपर एमओलेड डिस्प्ले, ४८ मेगा पिक्सलको क्यामेरा जस्ता सुविधाले आजका युवापुस्ताले सहजै मन पराउनेछन्,’ सामसङ मोबाइल विजिनेस हेड प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी एम ३० एस मा ६.४ इन्च एफएचडी + सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले छ । ग्यालेक्सी एम ३० एसमा ट्रिपल रियल क्यामेरा छ, जसको मुख्य क्यामेरा ४८ मेगापिक्सलको छ । ग्यालेक्सी एम ३० एसमा ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स छ, जुन १२३ डिग्री फिल्ड अफ ब्यु को साथ उपलब्ध छ, यसले आँखाले देखेजस्तै फोटो कैद गर्नेछ । ग्यालेक्सी एम ३० एसमा ५ मेगापिक्सलको क्यामेरा लाइभ फोकस फिचरको साथ उपलब्ध छ । यसमा १६ मेगापिक्सल फ्रन्ट क्यामेरा सेल्फी फोकस र इन-डिस्प्ले फ्ल्यास छ ।

ग्यालेक्सी एम ३० एसले २० प्रकारका सिनहरु जस्तै फुड, सिनरी आदिलाई सहजै पहिचान गर्न सक्छ । कम उज्यालोमा फोटो खिच्नका लागि नाइट मोड पनि छ । ग्यालेक्सी एम ३० एसमा उत्कृष्ट भिडियो खिच्न सक्ने क्षमता छ । यसमा भिडियो, सुपर स्लो मो, सुपर स्टेडी र हाइपरल्याप्सको रेकर्ड गर्न पनि सकिन्छ ।

ग्यालेक्सी एम ३० एसमा Exynos 9611 Octa-Core processor छ । यसले २.३ गिगाहर्जको गति प्रदान गर्छ । गेम खेल्दा होस् या अन्य ग्राफिक्स सम्बन्धी कार्य गर्दा उत्कृष्ट कार्य क्षमता प्रदान गर्छ । यसमा Mali G72 MP3 ग्राफिक्स प्रोसेसिङ युनिट छ ।

ग्यालेक्सी एम ३० एस ४ जिबी र्‍याम ६४ जिबी स्टोरेज तथा ६ जिबी र्‍याम १२८ जिबी स्टोरेजका साथ उपलब्ध छ । यसको खरिद मूल्य २७ हजार ९९० (४ जिबी+६४ जिबी) र ३३ हजार ५९० (६ जिबी+१२८ जिबी) तोकिएको छ । यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, सेतो तथा कालोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय १७:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु