fbpx
Nepal Mediciti

गृहपृष्ठ दसैंमा नेपाल टेलिकमको आकर्षक छुट

दसैंमा नेपाल टेलिकमको आकर्षक छुट

nepal-telecom-newskarobar

नेपाल टेलिकमले नेपालीहरुको मुख्य पर्व विजयादशमीको उपलक्ष्यमा कम्पनीका सेवामा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनसबाहेकका अफरहरु घटस्थापना अर्थात् असोज १२ देखि नै लागू भएका छन् ।

१. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नुहुनेछ ।

२. पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिस्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइनेछ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहनेछ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्ने कम्पनीले जनाएको छ ।

३. पोस्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहनेछ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिनेछ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

४. प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नुहुनेछ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।

५. रिचार्जमा बोनस : जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइनेछ ।

विजया दशमीको अवसरमा असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोस (MPoS) बाट रिचार्ज गर्दा बोनस प्रदान गरिनेछ । यस योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत तथा ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । ५०, १०० र २०० को बोनस ३ दिनभित्र तथा ५०० र १००० रुपैयाँको बोनस ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १७:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु