fbpx
Nepal Mediciti

गृहपृष्ठ उपल्लो डोल्पामा मोबाइल टावर सञ्चालन

उपल्लो डोल्पामा मोबाइल टावर सञ्चालन

उपल्लो डोल्पामा नमस्तेको मोबाइल टावरमा सञ्चालनमा आएको छ । शे-फोक्सुण्डो गाउँपालिका-३ अन्तर्गत साल्दाङमा निर्माण गरिएको मोबाइल टावर सञ्चालनमा आएको हो ।

मोबाइल टावर सञ्चालनमा आएपछि गाउँपालिकाको केन्द्रसमेत रहेको साल्दाङसहितको मास, कराङ, नाम्दो, धुम्दार, रापा, तिलिङलगायतका विकट बस्तीहरु सञ्चारको पहुँचमा जोडिएका हुन् । टावर सञ्चालनमा आएसँगै गाउँपालिका १, २, ३ र ४ नं वडाका करीब तीन हजार २०० जनसंख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष टासीटुण्डुप गुरुङले जानकारी दिए ।

गाउँपालिकाको पहलमा टावर निर्माण भएपछि सर्वसाधारणको वर्षौँदेखि घरमै बसीबसी मोबाइलमा कुरा गर्ने सपना साकार भएको हो । यसअघि गाउँमा मोबाइल सेवा नहुँदा भिस्याट टेलिफोनबाट एउटा लाइनबाट प्रतिमिनेट पाँच रुपैयाँ तिरेर कुरा गर्दैआएका स्थानीय घरबाटै देश विदेशमा कुरा गर्न पाएपछि खुशीले दंग परेका छन् ।

भौगोलिक कठिनाइका कारण एक वडाबाट अर्को वडामा पुग्न दुई दिनसम्म लाग्ने भए पनि अब सानोतिनो कामका लागि आफैँ नकुदेर फोनबाट समस्या हल गर्न सकिने स्थानीय सोनामफुञ्जे गुरुङले बताए । (रासस)

प्रकाशित समय ०८:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु