fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपाल टेलिकमको ‘फाइबर टु होम’

नेपाल टेलिकमको ‘फाइबर टु होम’

नेपाल टेलिकमले रुपन्देहीको गैडहवा गाउँपालिकामा द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच-फाइबर टु द होम)को शुभारम्भ गरेको छ ।

टेलिकमले सिंगो गाउँपालिकालाई समेट्ने गरी एफटीटीएचको सुरुवात गरेको हो । मंगलबार आयोेपजित कार्यक्रममा पूर्वमन्त्री, संसदको सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटीटीएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सो सेवाको शुभारम्भ गरेका हुन् ।

एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेजसमेत उपलब्ध गराएको नेपाल टेलिकमले जनाएको छ । यसअन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध हुन्छ । हाल एफटीटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याइ ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलिकमले जनाएको छ ।

कार्यक्रममा एफटीटीएच खरिद गर्ने ग्राहकहरुलाई राउटर (सीपीई) हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो । सोही कार्यक्रममा उक्त भेगका स्थानीयलाई निःशुल्क प्रिपेड सिमसमेत वितरण गरिएको थियो ।

प्रकाशित समय ११:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु