fbpx
Nepal Mediciti

गृहपृष्ठ टेलिकमको भारतसहित ८७ मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा

टेलिकमको भारतसहित ८७ मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा

nepal-telecom-newskarobar

नेपाल टेलिकमले पोस्टपेड ग्राहकलाई लक्षित गरी ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ । वैशाख १६ गतेबाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि पनि भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराइएको छ ।

टेलिकमले रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा भदौ २० देखि भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो ।

अब टेलिकमका ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्नेछन् । भदौ १९ सम्म अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुनेछ । उक्त मिति पश्चात् अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ ।

प्रकाशित समय ०६:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु