fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

nepal-telecom-newskarobar

नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराएको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डेटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

कुनै अत्यावश्यक काम पर्‍यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्‍यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ ।

यो सुविधा लिनका लागि 1D1G लेखेर १४१५ मा सन्देश पठाउनुपर्छ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिनेछ । यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्छ । यस छुट योजनामा प्रति एमबी करसहित ४.५ पैसा लाग्छ ।

यसैगरी कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २५० रुपैयाँमा ७ जीबी डेटा योजना पनि उपलब्ध गराइरहेको छ । यो सेवा हासिल गर्न 7D7G लेखेर १४१५ मा सन्देश पठाउनु पर्छ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३.५ पैसामात्र लाग्छ ।

नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ । यस प्याकेजमा जम्मा ८५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्न 28D28G लेखेर १४१५ मा सन्देश पठाउनुपर्छ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १६:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु