fbpx
Nepal Mediciti

गृहपृष्ठ भीभो एस वान नेपाली बजारमा, मूल्य ३४ हजार

भीभो एस वान नेपाली बजारमा, मूल्य ३४ हजार

Vivo S1_newskarobar

भीभो नेपालले आफ्नो नयाँ प्रडक्ट, भीभो एस १ नेपाली बजारका लागि आधिकारिक रुपमा उपलब्ध गराएको छ । कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ ट्याग लाइन राखेको छ ।

भीभो एस १ स्मार्ट फोन स्क्रिन टच आईडी, सुपर एमोलेड अल्ट्रा अल स्क्रिन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषतासहित आएको छ । यो स्मार्टफोन डायमन्ड ब्ल्याक र स्काइलाइन ब्लु कलर्स अप्सनमा बजारमा उपलब्ध छ ।

‘भीभो उपभोक्तामा आधारित प्रविधि ब्रान्ड हो, जसले नेपाली उपभोक्ताका आवश्यकतालाई पूर्ति गर्छ । भीभोको आन्तरिक अनुसन्धानले युवा नेपाली उपभोक्ता जो स्टायलिस स्मार्टफोन चाहन्छन् र उनीहरुको लाइफ स्टायलसँग मिल्ने फिचर खोज्ने गरेको पाइएको छ,’ भीभो नेपालका जनरल म्यानेजर मार्सले भने ।

भीभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रिन टच आईडी जस्ता थप विशेषता पनि छन् । भीभो एस १ मा ६ जीबी -याम र १२८ जीबीको आन्तरिक स्टोरज (रोम) छ । पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नका लागि भीभो एस १ मा ४५ सय एमएएचको ब्याट्रीका साथ ड्युल इन्जिन फास्ट चार्जिङ मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ ।

भीभो एस १ ले एन्ड्रोइड ९.० पाईमा आधारित फनटच ओएस ९ अपरेटिङ सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फिचर ल्याएको छ । भीभो एस १ ले मल्टी टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिङ मोड प्रस्तुत गरेको छ । भीभो एस १ नेपाली बजारमा ३४ हजार ६९० रुपैयाँमा उपलब्ध छ ।

प्रकाशित समय १८:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु