fbpx
Nepal Mediciti

गृहपृष्ठ डिजिटल सुरक्षाबारे तर्कसंगत बहस हुनुपर्छ : हुवावे

डिजिटल सुरक्षाबारे तर्कसंगत बहस हुनुपर्छ : हुवावे

Ken Hu, Deputy Chairman, Huawei newskarobar

चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्न विश्व समुदायबाट तर्कसंगत सहयोगको अपेक्षा गरेको जनाएको छ । जर्मनीको पोस्टडममा शुक्रबार सम्पन्न नेटवर्क सुरक्षा सम्मेलनमा हुवावेका उप–प्रबन्धक केन हुले डिजिटल सुरक्षाको चुनौती सामना गर्न कम्पनी सधैं तयार रहेको बताए ।

डिजिटल प्रविधिको तीव्र विकासले धेरै सुरक्षा चुनौती ल्याउने र कुनै व्यक्ति, व्यवसाय वा मुलुकले यी चुनौती व्यक्तिगत रूपमा सामना गर्न नसक्ने उनले बताए । हुवावेले डिजिटल सुरक्षालाई व्यापारिक हितभन्दा माथि राखेको उनको दाबी छ ।

अमेरिकी सरकारले हालै हुवावेमाथि प्रतिबन्ध लगाएको विषयमा टिप्पणी गर्दै उनले भने, ‘हुवावेमाथिको प्रतिबन्ध निराधार र अनुचित छ, यसले हुवावेका हजारौँ आपूर्तिकर्ता र उपभोक्ता प्रभावित भएका छन् ।’ हतारमा गरिएको यो निर्णयले विश्वव्यापी रुपमै हुवावेको निर्यात प्रभावित भएको भन्दै उनले यसले अन्तर्राष्ट्रिय व्यापारिक मान्यताको उल्लंघन भएको तर्क गरेका छन् ।

प्रकाशित समय २१:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु