fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश सरकार आईटी पार्क निर्माणमा चाँडै जुट्छ : मुख्यमन्त्री

प्रदेश सरकार आईटी पार्क निर्माणमा चाँडै जुट्छ : मुख्यमन्त्री

it park-newskarobar

प्रदेश १ सरकारले सूचना प्रविधिको क्षेत्रलाई उत्कृष्ट बनाउनका लागि आईटी पार्क निर्माण गर्ने भएको छ । विराटनगरमा शुक्रबारबाट सुरु भएको आईटीसम्बन्धी स्टार्टअप एन्ड इन्नोभेसन दुई दिने मेलाको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सूचना प्रविधिको क्षेत्रलाई उत्कृष्ट बनाउनका लागि आईटी पार्क निर्माण गर्ने बताएका हुन् ।

सूचना प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्ने जानकारी दिए । मुख्यमन्त्री राईले प्रदेश सरकारले आयोजना गर्ने बहुराष्ट्रिय सूचना प्रविधि सम्मेलनका लागि निजी क्षेत्रको सहयोगका लागि आग्रह गर्दै यसको माध्यमबाट प्रदेशको समुचित विकासमा सहयोग पुगी समृद्धि कायम हुने विश्वास पनि व्यक्त गरे ।

उनले प्रदेशको आधविक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको र निती तथा बजेटमा सूचना प्रविधिको प्रयोगमा जोड दिएको उल्लेख गर्दै डिजिटल प्रदेश बनाउने कार्यको सुरुवात आगामी आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले रोजगारी, उत्पादनमूलक क्षेत्रमा आगामी वजेट खर्च गर्ने बताउँदै सूचना प्रविधिलाई विद्यालयस्तरवाट शिक्षामा जोडेर आगामी १० वर्षभित्र प्रदेशवाट कोही विदेशमा श्रम बेच्न जानु नपर्ने अवस्थाको सिर्जना गर्ने कार्यको थालनीको सुरु गरिसकेको वताए ।

आईसिटीका अध्यक्ष राजन लम्साल, क्यानका सन्तोष दाहाल, प्रवीन कुन्डलिया, निर्मल थापा, हरि अधिकारी, पुसेट कलेजका मनोज साह, प्याब्सनका प्रेमलाल साह र नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेलले उत्तर–दक्षिण वाटोको सुविधा, पर्यटन पूर्वाधान निर्माण र जलविद्युत उत्पादनमा ध्यान केन्द्रित गरेमा रोजगारी र आर्थिक समृद्धि हासिल हुने विचार व्यक्त गरे ।

स्टार्टअप र स्थानीय उद्यमशीलतालाई स्थानीय स्तरमा प्रवर्धन गर्नु मेलाको उद्देश्य हो । मेलामा सूचना प्रविधिसम्बन्धी ४० वटा स्टलमा विभिन्न विषयमा प्रयोगात्मक रुपमा जानकारी प्रदान गर्ने गरिएको छ ।

प्रकाशित समय १८:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु