fbpx
Nepal Mediciti

गृहपृष्ठ भीभो एपेक्स २०१९ नेपालमा सार्वजनिक

भीभो एपेक्स २०१९ नेपालमा सार्वजनिक

Vivo_Nepal_Apex-2019-newskarobar

भीभो नेपालले आफ्नो दोस्रो कन्सेप्ट स्मार्टफोन भीभो एपेक्स २०१९ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले पहिलोपटक नेपालमा सुपर युनिबडी डिजाइनमा रहेको एपेक्स २०१९ को मिडिया लन्च गरेको हो ।

कम्पनीले मोबाइल उद्योगमै नेतृत्वदायी रुपमा पहिलोपटक इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ टेक्नोलोजी विकास गरेको दाबी गरेको छ । कम्पनीले हालसम्म १ करोडभन्दा बढी इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ स्मार्टफोन बिक्री गरिसकेको छ ।

भीभो एपेक्समा भएको सुपर युनिबडी डिजाइनले कम्पनीले स्मार्टफोनको डिस्प्लेलाई थप महत्व प्रदान गरेको छ । किनकि, स्मार्टफोनको सबैभन्दा धेरै प्रयोग हुने र देखिने भनेकै डिस्प्ले हो । यो फोनको डिजाइनले गर्दा स्मार्टफोन समात्न सजिलो हुन्छ भने फोनसँग अन्तक्र्रिया सजिलोसँग गर्न सकिन्छ ।

कम्पनीले यही स्मार्टफोनको कन्सेप्टमा भीभो एक्स २० प्लस, भीभो एक्स २१, भीभो नेक्स, भीभो भी ११, नेक्स ड्युल डिस्प्ले एडिसन र हालै नेपालमा सार्वजनिक गरिएको भी १५ सिरिजका स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ टेक्नोलोजी प्रयोग गरेको छ ।

भीभो एपेक्समा फुलभ्यु डिस्प्लेको अनुभव प्रदान गर्न कम्पनीले बडी साउन्ड कास्टिङ टेक्नोलोजीको प्रयोग गरेको छ । यसले गर्दा डिस्प्लेको भित्रबाट नै साउन्ड आउँछ र प्रयोगकर्तालाई भिडियो वा अडियो हेर्दा र सुन्दा उत्कृष्ट अनुभव हुन्छ ।

भीभो एपेक्सले चार्जिङ र डेटा ट्रान्सफरको क्षेत्रमा पनि आश्चार्यजनक परिवर्तन ल्याएको दाबी गरेको छ । कम्पनीले यसमा म्यागपोर्ट प्रविधि राखेको छ, जसले गर्दा कनेक्टरलाई पोर्टको नजिक लैजाँदा आफैं जोडिन्छ ।

शक्तिशाली फोनहरुमा पनि देखिने सीमित इन्टरनल स्पेसलाई एपेक्स २०१९ ले नयाँ समाधान दिएको छ । एपेक्स २०१९ मा सबै स्लटलाई हटाउँदा यो ५ जी प्रविधिको स्मार्टफोन बनेको छ । तर, ५जी मोड्युलका लागि निकै ठूलो स्पेस आवश्यक पर्छ । भीभो एपेक्स २०१९ ले यसलाई समाधान गरेर आन्तरिक स्पेसलाई खुला गर्दै युनिबडी ५जी फोन बनेको छ ।

यो डुप्लेक्स पिसीबी डिजाइनले स्मार्टफोनको २० प्रतिशत स्पेस बढाउँछ । यसका साथमा भीभोका इन्जिनियरहरुले अन्य जोखिम घटाउनुका साथै पावर र सिग्नललाई सुनिश्चित रुपमा एकीकृत गरेका छन् । यो डिजाइनले समग्र मोड्युलको मोटाइमा पनि ३० प्रतिशतले कमी ल्याउन सकिएको छ ।

५ जी फोनहरुले ४ जी फोनहरुको तुलनामा २ देखि ४ गुणा अधिक पावर उपयोग गर्छन्, जसले गर्दा फोन तात्ने समस्या देखापर्छ । तर, एपेक्स २०१९ मा लिक्विड कुलिङ टेक्नोलोजी प्रयोग भएकाले तात्ने समस्या छैन ।

एपेक्स २०१९ को भ्यापर चेम्बर यो उद्योगमध्येकै सबैभन्दा ठूलो हो । अन्य सामान्य हिट पाइपभन्दा यसको हिट एरिया ४ देखि ६ गुणा अधिक छ । एपेक्स २०१९ क्वालकम स्न्याप ड्रागन ८५५ प्लेटफर्ममा आधारित छ । जसमा अहिलेसम्मकै उच्च स्तरको –याम र स्टोरेज छ । फोनमा १२ जीबी –यामका साथमा २५६ जीबी स्टोरेज छ ।

प्रकाशित समय १०:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु