fbpx
Nepal Mediciti

गृहपृष्ठ साओमीद्वारा नेपालमा रेड मी वाई ३ सार्वजनिक

साओमीद्वारा नेपालमा रेड मी वाई ३ सार्वजनिक

xiaomi-redmi y3-newskarobar

रेडमीवाई ३ ले ३२ एमपी सेल्फी क्यामेरासहित रेडमी वाईको लिगेसी स्थापना गर्दै
साओमीले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ साओमीले पहिलोपटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो ।

वाइ ३ लन्च कार्यक्रममा साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले सबैभन्दा नयाँ रेडमी वाई ३ ल्याउन पाउँदा निकै उत्साह थपिएको बताए । क्वाल्कम स्न्याप ड्रेगन ६३२ बाट सञ्चालित तथा उच्च क्षमता भएको ४००० एमएएच ब्याट्रीसँगै यो स्मार्टफोनले नेपाली ग्राहकलाई सुलभ मूल्यमा सबैभन्दा उत्कृष्ट नवीनतम सेवा दिने उनको दाबी छ ।

रेडमी नोट ७ सिरिजको उद्घाटनका साथ औरा डिजाइनले रेडमी वाई ३ लाई औरा प्रिज्मसँगै बनाउन नयाँ आकार दिएको छ ।

रेडमी वाई ३–३२ एमपी सुपर सेल्फी
अघिल्लो रेडमी वाई सिरिज फोनले बनाएको विरासतलाई महत्वपूर्ण फड्को मार्दै, रेडमी वाई ३ ले ३२ एमपी सेल्फी क्यामेरा भित्र्याएको छ । तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएससँग फूल–एचडी भिडियोका लागि ३२ एमपी क्यामेरा विभिन्न ट्रिकको मास्टर हो ।

१.६ माइक्रो मिटर सुपर पिक्सेल साइजसँगै रेडमी वाई ३ बाट हल्का प्रभावकारीदेखि जीवन उपयोगी छवि सिर्जना गर्ने सेल्फी र भिडियो लिन सकिन्छ । रेडमी वाई ३, ३२ एमपी सेल्फी क्यामेरा पाल्म सटर मोडमा उपलब्ध छ, जसले प्रयोगकर्तालाई सामान्य रुपमा पाल्मको इशारामा ३ सेकेन्ड टाइमर ट्रिगर गर्न सक्छन् ।

मूल्य र उपलब्धता
रेडमी वाई ३, ३ जीबी प्लस ३२ जीबी भेरियन्टका लागि १८ हजार ४९९ रुपैयाँमा र ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि २१ हजार ४९९ मा एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइम ब्ल्याक कलरमा ६ मेबाट देशभर ९०० भन्दा बढी अफलाइन स्टोर र दराज डट कममा उपलब्ध हुनेछ ।

प्रकाशित समय २१:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु