fbpx

गृहपृष्ठ ओपोको नयाँ एफ ११ प्रोमा राईजिङ क्यामेरा हुने

ओपोको नयाँ एफ ११ प्रोमा राईजिङ क्यामेरा हुने

यस्ता छन् नयाँ क्यामेराका विशेषता

ओपोको एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्ट फोन एफ ११ प्रोमा कम्पनीले नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको छ । यस फोनको अघिल्तिर राइजिङ क्यामेरा र रियर क्यामेराको रुपमा ४८ एमपी क्षमताको क्यामेरा उपलब्ध हुने छ ।

स्मार्टफोनको डिजाइन अनुकुलन गरी फोनको माथिल्लो मध्य भागमा १६ एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । आवश्यकताअनुसार राइज हुने (निस्कने) र प्राकृतिक देखिने सेल्फी लिन सघाउने यो राईजिङ क्यामेराले फोनको बेजल घटाउन सघाएको छ । १६ एमपी फ्रण्ट क्यामेरा लुकाउन सघाउने, स्लाइडिङ प्रणाली अवलम्बन गरिएको यो प्रविधिले नोचलाई विस्थापन गर्न सघाएको छ । फोनको पानारोमिक स्क्रिन डिजाइनले फ्रण्ट क्यामेरा लुकाएर फोनलाई नोच लेस बनाउनुका साथै फुल स्क्रिन अनुभव प्रदान गर्छ ।

परम्परागत मोबाइलसँग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अद्भूत दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।
एफ ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ, विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध छ । यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसँग मिलान गर्छ । अल्ट्रा–नाइट मोडमार्फत यसले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ । साथै, यसले समग्र न्वाइज घटाउने, अत्यधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ ।

प्रकाशित समय १९:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु