fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपालमा अनलाइन खेल पब्जी प्रतिबन्ध

नेपालमा अनलाइन खेल पब्जी प्रतिबन्ध

pubg-newskarobar

युवा तथा बालबालिकामाझ निकै लोकप्रिय अनलाइन खेल पब्जीमाथि सरकारले प्रतिबन्ध लगाएको छ । सरकारको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।

यसै खेलका कारण बालबालिकामा विभिन्न समस्यासँगै आत्महत्यासम्मका घटनासमेत हुन थालेपछि बन्द गर्न माग गर्दै हेलो सरकारमा समेत उजुरी परेको थियो । यसअघि, आफ्ना छोराछोरीको मानसिक स्थितिमा नै समस्या सिर्जना भएको भन्दै अभिभावकले पनि नेपाल प्रहरीलाई प्रतिबन्ध लगाउन आग्रह गर्दै आएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । पब्जी खेलमा प्रतिबन्ध लगाइएकाले अब सो गेम डाउनलोड नहुने तथा अनलाईनमा खेल्न नमिल्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यसको पूरा नाम प्लेयर अननोन्स बेटलग्राउन्ड हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लुहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो । यसलाई भारतका विभिन्न राज्यलगायत अरु केही देशमा समेत प्रतिबन्ध लगाइएको छ । पब्जी युवा तथा बालबालिकामाझ निकै लोकप्रिय छ । स्कुले विद्यार्थीदेखि युवासम्म यसको लतमा फसेको भन्दै धेरै देशमा पब्जी विवादित पनि बनेको छ ।

प्रकाशित समय १६:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु