fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ चीनबाट फर्केका कैलालीका एक युवकमा कोरोना भाइरसको आशंका, सेती अस्पताल भर्ना

चीनबाट फर्केका कैलालीका एक युवकमा कोरोना भाइरसको आशंका, सेती अस्पताल भर्ना

कोरोना भाइरसको आशंकामा चीनबाट नेपाल फर्केका एक युवकलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । चीनमा अध्ययनरत कैलालीका एक विद्यार्थीमा ज्वरो र घाटी दुख्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

बुधवार अस्पताल भर्ना भएका उनको छुट्टै कक्षमा चेक जाँच सुरु भएको सेती प्रादेशिक अस्पतालको इमरजेन्सी विभाग प्रमुख डा. जगदीश प्रसाद जोशीले बताए । कोरोना भाइरसको संक्रमण भएको आशंकामा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित समय १८:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु