fbpx
Nepal Mediciti

गृहपृष्ठ सुत्केरी महिलालाई लोकल कुखुरा र घिउ वितरण

सुत्केरी महिलालाई लोकल कुखुरा र घिउ वितरण

bhale-newskarobar

जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घिउ वितरण गरेको छ ।

महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६/७७ बाट सुत्केरी महिलाका लागि उक्त सुविधा दिन सुरु गरेको वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहराले बताए । उनले भने, ‘सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होस् भनेर हामीले कुखुरा र घिउ दिन सुरु गरेका छौँ, हाम्रो अभियान राम्रै हुने आस गरेका छौँ ।’

उक्त वडाले आफ्नो वडाभरिमा स्थायी बसोबास भएका प्रत्येक सुत्केरी महिलालाई एउटा लोकल जातको कुखुरा र एक किलोग्राम घिउ वितरण गर्ने कार्यको सुरुआत गरेको छ । वडा कार्यालयले सुत्केरी आमालाई कुखुरा र घिउ वितरण गर्न थालेपछि सो वडाका स्थानीयवासी निकै खुसी भएको सिलगढीका स्थानीयवासी डिलबहादुर सिंहले बताए । उनले भने, ‘वडाले गरेको कार्य निकै सराहनीय छ, किनेर खान नसक्ने सुत्केरी आमालाई यसले निकै सहयोग मिल्नेछ ।’

चालु आर्थिक वर्षको साउनयता नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घिउ प्रदान गरिएको उक्त वडाका वडासदस्य दीपा श्रेष्ठले जानकारी दिइन् । स्थानीयवासी सुनिता धामीले भनिन्, ‘सुत्केरीलाई लोकल कुखुरा र घिउ दिनु राम्रो हो, यो कार्य सबै वडाले गरे झन् राम्रो हुनेछ ।’

यसअघि दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभरिका स्थानीय सुत्केरी महिलालाई लोकल जातका कुखुरा र अण्डा वितरण गरेको थियो । (रासस)

प्रकाशित समय ११:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु