fbpx
Nepal Mediciti

गृहपृष्ठ तुलसीपुरको बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन

तुलसीपुरको बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन

तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए । प्रसूति हुनका लागि तुलसीपुर बजार नै आउनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्तरमै प्रसूति सेवा केन्द्र सञ्चालन गरिएको र यसबाट २४ सै घण्टा सेवा प्रदान हालका लागि एक तालीम प्राप्त स्टाफनर्स पठाइसकेको उनको भनाइ थियो ।

उक्त केन्द्र शुत्रबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका थिए । यससँगै उपमहानगरपालिकाभित्र ६ वटा प्रसूति सेवा केन्द्र सञ्चालनमा आएका छन् । चालू आर्थिक वर्ष्भित्र उक्त उपमहानगरपालिका–४ स्थित हलवार स्वास्थ्यचौकीमा पनि प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइने सो अवसरमा जानकारी दिइएको थियो ।

यसैबीच तुलसीपुर–१९ स्थित बिजौरी स्वास्थ्यचौकीलाई एक एम्बुलेन्स पनि प्रदान गरिएको छ । विकट क्षेत्रबाट सहजै बिरामीलाई अस्पताल ल्याउनका लागि उपमहानगरपालिकाले तीनवटा एम्बुलेन्स खरिद गरेकामा एउटा यसअघि नै वडा नं १ लाई हस्तान्तरण गरेको थियो भने शुक्रबार उपमहानगरप्रमुख पाण्डेले तुलसीपुर–१९ का वडाध्यक्ष रामबहादुर योगीलाई उक्त एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । (रासस)

प्रकाशित समय ०८:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु